animated ellipse animated ellipse

ज्याम्बोरेट स्काउटरहरुको कुम्भ मेला हो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ आश्विन २०७४, बिहीबार १७:४५
3
Shares
तेस्रो क्षेत्रीय स्काउटर ज्याम्बोरेट २०७४ को कार्यक्रम संयोजक हुन नबलप्रसाद उपाध्याय । आउँदो असोज ३० गतेसम्म सञ्चालन हुने ज्याम्बोरमा विभिन्न क्रियाकलापहरु रहेको छ । पाँच दिनसम्म सञ्चालन हुने ज्याम्बोरेट कस्तो रहन्छ भनेर कार्यक्रम संयोजक उपाध्यायले खबर पूर्वाञ्चलसँग गरिएको कुराकानी सार :-

पाँच दिनसम्म सञ्चालन हुने ज्याम्बोरेट कस्तो रहन्छ ?
तेस्रो क्षेत्रीय स्काउटर ज्याम्बोरेट यो एक प्रकारको कुम्भ मेला जस्तो हो । देशभरीको स्काउटर बालवालिकाहरुको भेला हुनेछन् । पाँच दिनसम्म विभिन्न क्रियाकलापहरु हुन्छ । जसमा साहासी क्रियाकलापदेखि बौद्धिक र मनोरञ्जन आत्मक कार्यक्रमहरु पाँच दिनसम्म हुन्छ । हामीले प्रत्यके विधिको लागि संयोजक तोकेको हुनाले पाँच दिनसम्म सञ्चालन हुने ज्याम्बोरेट भव्य र सभ्य हुनेछ ।

शुक्रबार हुने ज्याम्बोरेटको उद्घाटनको तयारी कस्तो छ ?
उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो ज्याम्बोरेटको उद्घाटन गर्नुहुने भएकाले हामीले तयारी भव्य गरेका छौं । सुरक्षा व्यवस्था पनि उत्तिकै मजदुत पारेका छौं । उद्घाटनको दिन नेपाली सेना, सशस्त्र र प्रहरीको सुरक्षा समेत प्रदान गर्ने भएका छन् । उपराष्ट्रपति ज्यूको उपस्थीतिमा औपचारीक रुपमा हुने उद्घाटनमा उपराष्ट्रपतिले ज्याम्बोरेटको झण्डा उत्तोलन गरी समुदघाटन गर्नु हुनेछ ।

ज्याम्बोेरेटमा के – के क्रियाकलापहरु हुन्छन् ?
तेस्रो क्षेत्रय स्काउटर ज्याम्बोरेटमा ४० वटा जति क्रियाकलापहरुमा भाग लिनको लागि देभरीको ३५ जिल्लाका ३ हजार ५ सय बढी स्काउटर बालवाकिालहरुको सहभागि जनाएका छन् । अनुसाशति र आत्मनिर्भरतमा भर पर्ने भएकोले साहसि क्रियाकलपा, राष्ट्रयता र राष्ट्रप्रति सधैभर इमान्दर बफदार बाउने स्कूलमा अध्ययन गर्ने ११ वर्ष देखि १६ वर्ष माथिका स्काउटर बालवालिकाहरुको सहभागि रहेकोछ । उनीहरुलाई आत्मनिर्भर बनाउनुको साथै राष्ट्रप्रति सधैभरी इमान्दर बनाउन उन्मुक रहन्छ । उनीहरुले साहसी क्रियाकलपाहरुमा सुपर मेन, टायर चिमीलगायत रहेको छ भने बौद्धिकतर्फ कविता, हाजिरजबाफ, बक्तृत्वकला चित्रकलाहरु रहेको छ । त्यस्तै साँस्कृतिक नृत्य र विभिन्न सामुदायहरुको भेषभूषाको समेत प्रदर्शनी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर