animated ellipse animated ellipse

तेस्रो क्षेत्रिय स्काउट ज्याम्बोरेट सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ आश्विन २०७४, बिहीबार १७:४०
3
Shares
विराटनगर, २६ असोज  /तेस्रो क्षेत्रिय स्काउटर ज्याम्बोरेट विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा सुरु भएको छ । बिहीबारदेखि सुरु भएको ज्याम्बोरेटमा देशको विभिन्न जिल्लाहरुबाट स्काउटरहरुको आउने क्रमम आज दिनैभरी चलिरेहेको छ । पाँच दिनसम्म सञ्चालन ज्याम्बोरेटको औपचारी उद्घाटन भने उपराष्ट्रपति नन्दबहादुर पनुले शुक्रबार दिउँसो २ बजे गर्नेे भएका छन् ।

उद्घाटन शत्रको तयारी यस्तो छ

तेस्रो क्षेत्रिय स्काउट ज्याम्बोरेट उद्घाटन गर्न उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबार दिउँसो २ बजे महेन्द्र मोरङ क्याम्पस परिसमा पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पुनलाई ज्याम्बोरेट कमिटिका सदस्यले मुल गेटमा पुष्प गुच्छा र ज्याम्बोरेट स्कार्फले स्वागत गरि कार्यक्रम स्थलतर्फ जानेछ । कार्यक्रम स्थलमा स्काउटर प्रदीपकुमार विश्वासले उपराष्ट्रपतिलाई येल अपर्ण गरि सहभागिबाट सम्मान अपर्ण र उपराष्ट्रपति पुनले ज्याम्बोरेटको झण्डा उत्तोलन गरी ज्याम्बोरेटको समुद्घाटन गर्ने छन् ।

सहभागि सम्पूर्ण राष्ट्रिय गानमा सारिक भएलगतै मोरङ स्काउटर समूहले स्काउट गीत प्रस्तुत गरे पछि उपराष्ट्रपति पुनलाई मञ्चमा आशन ग्रहण गराउँछन् । मोरङ स्काउटले स्वागत गीत प्रस्तुत गरेपछि क्याम्प प्रमुखले स्वागत मन्तब्य तथा ज्याम्बोरेटको उद्देश्यमाथि प्रकाश पार्ने कार्यक्रम रहेको छ । कार्यक्रमको बिचमा विराटनगर महानगरपालिको मेयर भिम पराजुली र स्काउटको प्रमुख आयुक्त रविन दाहालले शुभकामना मन्तब्य राखेपछि विभिन्न जिल्लाका व्यक्तिहरुलाई उपराष्ट्रपति पुनको हातमा सम्मान कार्यक्रम रहेको छ ।

उपराष्ट्रपति पुनले करिब १० मिनेटको सम्बोधन गरेपछि बासुदेव भण्डारीले उपराष्ट्रपति पुनलाई ज्याम्बोरेट स्मृति चिन्ह अपर्ण गरि ज्याम्बोरेटको कार्यक्रम संयोजक नबलप्रसाद उपाध्यायले धन्यावद ज्ञापन गरी उद्घाटन शत्रको कार्यक्रमको बिसर्जन हुनेछ ।

उद्घाटन शत्रको समापनपछि उपराष्ट्रपति पुनले ज्याम्बोरेटको क्रियाकलपाहरुको निरीक्षण गर्नुहुने बताइएको छ ।

ज्याम्बोरेटमा ३५ जिल्लाका ३ हजारा बढी स्काउटर
पाँच दिनसम्म सञ्चालन हुने ज्याम्बोरेटमा देशका बिभिन्न ३५ जिल्लाका ३ हजार पाँच सय स्काउटर बालबालिकाहरु भेला हुनेछ । असोज ३० गतेसम्म सञ्चालन हुने जेम्बोरेटमा पुर्व मेची देखि पश्चिम महाकाली सम्मका ३५ जिल्लाका स्काउटर बालबालिकाहरु भेला हुने भएको कार्यक्रम संयोजक नवलप्रसाद उपाध्ययले जानकारी दिए ।

जेम्बोरेटमा बिभिन्न जिल्लाका ११ देखि १६ बर्ष उमेर समुहका स्काउटर बालबालिकाहरुले सहभागीता जनाउने र त्यसकालागि सबै तैयारी पुरा भैसकेको जेम्बोरेट आयोजक समितिका स्काउटर शिवकुमार पौडेलले बताए ।

बिराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस परिसरमा अयोजना भैरहेको जेम्बोरेटमा सहभागी स्काउटर बालबालिकाहरुले बिभिन्न साहसीक, साँस्कृतिक र मनोरन्जनात्मक कलाहरु प्रर्दशन गर्नेछन् । बिभिन्न जिल्लाबाट जेम्बोरेटमा सहभागी हुन आएका स्काउटर बालबालिकाहरु पाँच दिन जेम्बोरेट स्थलमै वेश क्याम्प बनाएर आफै खाना बनाएर वास बस्नेछन् ।

जेम्बोरेटकालागि मोरङग क्पाम्पस हातामा ४० वटा वेश क्याम्पहरु निर्माण गरेको कार्यक्रम संयोजक उपाध्यायले जानकारी दिए । जेम्बोरेटलाई सफल बनाउन नेपाल प्रहरी र शसस्त्र प्रहरीले बाहिरी घेरामा सुरक्षा दिने आयोजकले जनाएको छ ।

जेम्बोरेटले राष्टिय एकताको भावना जगाउन र स्काउटर बालबालिकाहरुमा आपत बिपतमा सहयोग गर्ने स्वयंसेबी कार्यकालागि आत्मबिश्वास बढाउन सहयोग पुर्याउने आयोजकको दाबी छ ।

एक नम्बर प्रदेशमा पहिलो पल्ट २०५९ सालमा धरानमा र त्यसपछि २०६९ मा झापाको दमकमा जेम्बोरेट सम्पन्न भएको थियो ।

जेम्बोरेट सफल बनाउन २५ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको र सबै खर्च स्वयंसेबी रुपले दाताहरुबाट संकलन गरिएको आयोजक समितिका स्काउटर किरण गिरीले बताए ।

जेम्बोरेटमा प्रर्दशन गरिने सबै साहसिक खेल र कला सस्कृतिकालागि आवश्यक पुर्बाधार सबै सिनियर स्काउटरहरुले निर्माण गरेको र प्रतियोगिता र प्रशिक्षण पनि उनीहरुले नै संचालन गर्ने स्काउटर प्रदिप बिश्वासले जानकारी दिए । ज्याम्बोरेटमा सहभागि भएका स्काउटरहरुले साँस्कृतिक झल्किने नृत्यहरुसमेत प्रस्तुत गरि थप मनोरञ्जन प्रदान गर्नेछन् ।

उद्घाटन पछि साहसी क्रियाकलापदेखि बौद्धिक कार्यक्रम हुने
तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेटको उद्घाटन पछि शनिबारदेखि ३० जिल्ला करिब ३ हजार बढी स्काउटरहरुले ४० वटा विभिन्न क्रियाकलापहरुपमा सहभागि हुनेछन् । उनीहरुले त्यसमा विपदमा पर्दा कसरी सावधान गर्ने साहासि क्रियाकलाप देखि बौधिक कार्यक्रममा भाग जनाउछन् । स्काउटरहरुले साहसी क्रियाकलापमा सुपर मेन, ओमेला अफ च्यमिन, कमाण्डो बिच ब्रच, टायर चिमीलगायतको १८ वटा साहसी क्रियाकलापहरु रहेको छ ।

त्यस्तै बौद्धिकमा कविता, चित्रकला र बक्तृत्वकला प्रतियोगिता हुनेछ । त्यसको अलवमा साँस्कृतीक भल्कीने पहिरन लगाएर नृत्य, विभिन्न सामुदायहरुको भेषभूषाको प्रदर्शनी समेत हने भएको छ ।

उद्घाटन अघि भव्य ¥याली
तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेटको उदघाटन हुनुभन्दा अगाडी शुक्रबार बिहान ७ बजे विराटनगरमा स्काउटरहरुले भव्य ¥याली निकाल्ने भएका छन् । ३५ जिल्लाहरुबाट सहभागि भएका स्काउटहरु एकै थलोमा भेला भइ महेन्द्र मोरङ क्याम्पसबाट सुरु भएको ¥यालीले नगरको परिक्रमा गर्नेछन् । स्काउटहरुको पहिरन सहित ¥यालाीमा सहभागि भइ महानगरको परिक्रमा भइ सोही स्थान महेन्द्र मोरङ क्याम्पसमा आएर ¥यालीको कार्यक्रम समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर