खबर पूर्वाञ्चल
निर्माण ब्यवसायी महासंघ मोरङको अगुवाईमा उद्योगी ब्यसायीहरुले आज विराटनगरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन पछि दोषी माथि कारवाहीको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।
ज्ञापन पत्रमा हत्यारालाई कारवाही र उद्योगी ब्यसायीको शान्ति सुरक्षाको माग गरिएको छ । निर्माण ब्यवसायी संघ मोरङका अध्यक्ष संतोष ढुंगानाले हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरे । उनले हत्यारालाई कारवाही नगरे सम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।