मोरङको कटहरीमा भोली रोजगार मेला

खबर पूर्वाञ्चल, ११ मंसिर २०७९, आईतवार १८:४९
549
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिका १ फलफूल तथा कृषि थोक बजारमा रोजगार मेला हुने भएको छ ।

भोली विहान ९ बजेबाट साँझ ४ बजेसम्म रोजगार मेला सुरु हुने भएको हो ।

कटहरी गाउँपालिका, उद्योग वाणिज्य महासंघ प्रदेश १ को आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ बेलकम होम परियोजनाको सहयोगमा रोजगार मेला आयोजना गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

रोजगार मेलामा रोजगारदातासँग रोजगार खोजिरहेका युवाहरुलाई जोड्ने लक्ष्य राखिएको छ । रोजगारको खोजीमा रहेका युवाहरुले यहाँ सहभागी हुँदा रोजगारदातासँग प्रत्यक्ष संवाद गर्न र आफ्नो अनुभव तथा क्षमतामार्फत छनौट हुन पाउने अवसर प्राप्त गर्ने कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । रोजगार मेलामा सीप र दक्षता अनुसार वेरोजगार युवाहरूले रोजगार पाउने उनले बताए । एक दिने मेलामा २ हजार ५ सय जनाको सहभागिता रहनेछ ।

‘बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजागरी प्राप्त गर्नेछन् । उद्योग तथा व्यवसायीहरुको उपलब्ध जनशक्ति बारे जानकारी पाउनेछन््,’ उनले भने, ‘रोजगार मेलामा तीन दर्जन बढी उद्योगका प्रतिनिधीहरूको प्रत्यक्ष रूपमा सहभागि हुनेछन् । ’ कटहरी गाउँपालिका भित्र मात्र ६५ वटा उद्योग रहेको छ । यहाँ सूचि दर्ता गर्ने १ हजार २ सय भन्दा बढी युवाले रोजगार मेलाबाट रोजगारी पाउने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५