animated ellipse animated ellipse

महानगरमा मोतियाबिन्दु नियन्त्रण अभियान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० आश्विन २०७४, शुक्रबार १७:४६
3
Shares
विराटनगर । विराटनगर महानगरपालिकाले महानगरपालिका भित्र मोतियाबिन्दु रोग नियन्त्रणकालागि अभियान सुरु गरेको छ । विराटनगरमा सञ्चालित आँखा अस्पतालहरुको सहकार्यमा मोतिया बिन्दु नियन्त्रणको अभियान सुरु भएको हो ।

निजी आँखा अस्पतालहरुसँगको छलफल पछि मोतियाविन्दु नियन्त्रण अभियान सुरु गरिएको महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

विराटनगर भित्र सञ्चालनमा रहेका विराट आँखा अस्पताल, विराटनगर आँखा अस्पताल, रामलाल गोल्छा आँखा अस्पताल र तापडिया आँखा अस्पतालसँगको सहकार्यमा मोतिया विन्दु मुक्ता अभियान सुरु गरिएको हो । ‘प्रचार प्रसारकालागि चार स्थानमा आखा सिविर आयोजना गर्छाै ’ मेयर पराजुलीले भने ‘ महानगरलाई मोतियाबिन्दु मुक्ता बनाउने छौ ।’
पराजुलीका अनुसार आँखा अस्पतालहरुमा मोतिया बिन्दुको निशुल्क उपचारसँग जेष्ठ नागरिकलाई अन्य उपचारमा पनि सहयोग गरिने छ ।

विराट आँखा अस्पतालका सञ्जय सिंह, विराटनगर आँखा अस्पतालका कुमार पृथु, तापडिया आँखा अस्पतालका श्याम पोखरेल, रामलाल गोल्छा आँखा अस्पतालका विन्देश्वर महतोलगायतसँगको संयुक्त छलफल पछि अभियान सुरु गरिएको पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर