AArya
RUMPUM
animated ellipse animated ellipse

खड्कालाई निर्देशक हुन दिन्न- मन्त्री मण्डल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० आश्विन २०७४, मंगलवार १०:११
3
Shares
तस्वीर- पुष्पराज थपलिया /खबर पूर्वाञ्चल
विराटनगर, १० असोज/ आपूर्तिमन्त्री शिवकुमार मण्डलले बर्खास्त गरिएको आयल निगमका प्रमुख गोपाल खड्कालाई अदालतले पुनःर्बाहाली ग¥यो भने आफू हुन्जेल मन्त्रालयमा निर्देशकको रुपमा काम गर्न नदिने बताएका छन् ।

अदालतले खड्कालाई सफाई दिइ पुनःबाहाली गर्न सक्ने अड्कल चलिरहेको बेला मन्त्री मण्डलले आज विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै उनलाई काम गर्न नदिने बताएका हुन् ।

मन्त्रीपरिषद्बाट विभिन्न समितिको स्पष्टिकरणको आधारमा सोझै बर्खास्त गरिएकाले उनलाई सफाइको पर्याप्त मौका दिएको जिकिर गर्दै मन्त्री मण्डलले उनलाई स्पष्टिकरणको मौका नदिएको भन्न नमिल्ने बताए । मन्त्री मण्डललले खड्कालाई अब अख्तियारले कानून बमोजिम कारबाही गर्नु पर्ने बताउँदै त्यसका लागि प्रमाण दिनु परे आफू सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘कम मूल्यमा जग्गा बेच्नेहरुको बयानै म लिन सक्छु र दिन लगाउन सक्छु, खोला किनारका जग्गा किनिएको छ, त्यसैले नाङ्गो रुपमा भ्रष्टाचार भएको सबैलाई थाहा छ, खड्का उम्किन पाउँदैनन् ।’
काठमाडौंको दरबारमार्गमा शिलबन्दी गरिएका पसलहरु खोलिएको प्रसंगमा उनले पसलेहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाउने शर्तमा पसल संचालन गर्न दिइएको बताए । उनले भने, ‘हामीले उनीहरुलाई एक पटकलाई सच्चिनका लागि करारनामा गराउँदै विगतको गल्तीमा कारबाहीको भागिदार बनाउने गरी पसल खोल्न दिएका हौं, यहाँ कुनै चलखेल र कैफियत छैन ।’

पत्रकारहरुले उनलाई चलखेलमा खोलिएको आशयसहित प्रश्न गरेपछि मण्डलले प्रतिक्रिया दिँदै आफू कुनै प्रकारको लोभलालचमा नफस्ने बताए ।

अर्को फरक प्रसंगमा आफू मोरङका ५ नम्बर क्षेत्रबाट चुनाव लड्ने घोषणा उनले गरेका छन् । यसअघि मोरङ क्षेत्र नम्बर ४ बाट विजयी बनेका मण्डलको क्षेत्र अहिले ४ र ५ दुवैतिर बाँडिएपछि उनले ५ लाई नै रोजेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर