animated ellipse animated ellipse

१४ किलो गाजा सहित तीन पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०७४, सोमबार १८:२५
3
Shares
विराटनगर, ९ असोज/मोरङ प्रहरीले १४ किलो गाजा सहित तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सोमवार जहदा गाउपालिका– ३ बाट १४ किलो गाजा सहित तीन जना कारोवारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा जहदा गाउपालिका– ३ का २६ बर्षिय रामेश्वर राजवंशी, सोही स्थानका ५८ बर्षिय कगज राजवंशी र ४५ बर्षिय राजु मुखिया रहेका छन् ।

धनकुटाबाट गाजा ल्याई भारत तत्करी गर्न लागेको बिषेश सुचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सोमवार विहान जहदा गाउपालिका– ३ बबनटोलबाट गाजा बरामद गरिएको प्रहरी उपरीक्षक बिसीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर