खबर पूर्वाञ्चल
सिएमजी स्वास्थ्य क्लब विराटनगरको आयोजनमा डिग्री क्याम्पसको खेलमैदानमा आज भएको फाइनल खेलमा बिर्तामोड भेट्रान क्बललाई १–० गोलअन्तरले पराजित गरी धरान भेट्रान क्बलले उपाधिमाथि कब्जा जमाएको हो ।
निकै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा धरान भेट्रान क्बल खेलको सुरु भएको २ मिनेटमा सुजितकुमार राईले गोल गरे । बिर्तामोड भेट्रान क्बलका गोल रक्षक अगाडी बढदा डिबक्स भित्रबाट सुजितले प्रहारले गरेको गोलले जाली चुम्यो । उनले गरेको गोलनै निर्णायक बन्दै टिमलाई उपाधि दिलाउन सफल भए । धरानले जितसँगै नगद ५१ हजार रुपैयाँको साथै आकषर्ण ट्रफि प्राप्त ग¥यो ।
दोस्रो हाफदेखि सुधारेको प्रदर्शनी गरेको बिर्तामोडले थुप्रै सुन्दर गोल गर्ने अवसर चुकाए । खेलको ४३ औं मिनेटमा धरानका तेज बहादुर राईले विर्तामोडका तोयाराम भूजेललाई डिबक्स भित्र लडाएपछि रेफ्रीले बिर्तामोडलाई पेनाल्टी दियो । पेनाल्टी सुटआउटमा बिर्तामोडका मोहन गुरुले प्रहार गरेको गोल पोसमा लागेर बाहिरियो । मोहनको प्रहार चुक्दा बिर्तामोडले उपबिजेता चित्त बुझायो । बिर्तामोडले नगद ३१ हजार र ट्रफी पायो ।
निकै रोमान्चक भएको फाइनल खेलमा दुवै टिमले सुन्दर खोल गर्ने अवसरहरु खेर फाले ।
प्रतियोगिताको म्यानअफ द म्याच धरान भेट्रान क्लबका सन्तोष बस्नेत घोषि भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै म्यानअफ द श्रीरिज बिर्तामोडका मोहन गुरुङ, हाइस्कोर धरानका सुजीत कुमार राइ, बेस्ट गोलकिपर धरानकै रुपक गुरुङ घोषित भए । उनीहरुले क्रमशकः नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा एक नम्बर प्रदेशभरीका दश वटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष किशोर धमलाले जानकारी दिए ।
प्रतियोगिताको बिजेता हुने खेलाडीहरुलाई एक नम्बर प्रदेशका प्रहरी प्रमुख पशुपति उपाध्यय, एन्फाको पूर्व उपाध्यक्ष सन्तोष बानिया, हालको केन्द्रीय सदस्य बसन्त अर्याल, विराटनगरका मेयर भिम पराजुली र आयोजक समितिका अध्यक्ष किशोर धमलालगायतले पुरस्कार वितरण गरेका थिए ।