RUMPUM
animated ellipse animated ellipse

देवी पञ्चायन मन्दीरमा चण्डि पाठ शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ आश्विन २०७४, बिहीबार १७:१७
3
Shares
विराटनगर, ५ असोज / विराटनगर ३ पोखरीया स्थित कालिका सेवा समाज देवी पञ्चायन मन्दीरमा आज देखि चण्डी पाठ शुरु भएको छ ।

देवी पञ्चायन मन्दिरमा मुर्तिको प्राण प्रतिष्ठाको आरम्भ भएको हो ।
धार्मीक कार्यको शुभारम्भ गर्दै आज बाजागाज सहित शोभा यात्रा निकालिएको छ ।

मन्दिरबाट बाजागाजा सहित निस्केको शोभायात्रामा स्थानीय श्रद्धालु र जेष्ठनागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नगरका विभिन्न भागको परिक्रमा गरि शोभायात्रा सोहि मन्दिरमा पुगेर टुङ्गिएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्र खनालका अनुसार यहि असोज ११ गते फुलपातीका दिन मन्दिरको उद्घाटन र मुर्ति स्थापना गर्ने कार्यक्रम रहेको छ । बालसन्त महाराज श्रीको बाहुलीबाट विधिवत रुपमा मन्दिरको समुद्घाटन हुने खनालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार