RUMPUM
animated ellipse animated ellipse

उमेर २० बर्ष, उचाइ ३१ इन्च

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ आश्विन २०७४, आईतवार १८:०२
3
Shares
विराटनगर, १ असोज /सामान्य तया २० बर्ष उमेर पुगेका मानिसको उचाई ५ फुट हाराहारी हुन्छ । तर विराटनगरमा एक यूवाको उचाई भने ३१ इच्च मात्र भएको फेला परेको छ । विराटनगर–१९ का २० बर्षिय प्रकाशकुमार सरदारको उचाई ३१ इच्च अर्थात दुई फुट ७ इन्च मात्र छ ।

झट्ट हेर्दा दुधे बालक जस्तो देखिने प्रकाशकुमार सरदारले नागरिकता पनि पाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले विस २०५४ साल असार २ गते जन्ममितिको आधारमा उनलाई सोमवार नागरिकताको प्रमाण पत्र दिएको हो ।

नेपालकै होचा ब्यक्तीको प्रमाण २३ बर्षिय खगेन्द्र थापामगरले पाएका छन् । खगेन्द्रले केही समय विश्वका होचो ब्यक्तीको रुपमा गिनिजबुकमा नाम समेत लेखाएका थिए । तर विस २०६८ साल फागुन १४ गते दाङका २१.५ इच्चका चन्द्रबहादुर डाँगीले विश्वका होचो ब्यक्तीको प्रमाण पत्र पाएका थिए ।

७२ बर्षको उमेरमा विश्वका होचा ब्यक्तीको उपमा पाएका चन्द्रबहादुरको निधन भैसकेको छ ।
चन्द्रबहादुरको निधन पछि २६.४ इन्चका खगेन्द्र विश्वका दोस्रो होचो ब्यक्तीको रुपमा पहिचान बनाएका छन् । तर खगेन्द्र भन्दा ४.६ इच्च मात्र अग्लो प्रकाशको परिचय भने गुमनाम छ ।

उनी खगेन्द्रपछिको नेपालका होचा ब्यक्ती हुन ।

जीउ सानो भएको उनको टाउके केही ठूलो छ । विश्वका सबैभन्दा होचा ब्यक्तीको रुपमा नाम समेत लेखाएका खगेन्द्र भन्दा ४.६ इच्च अग्ला प्रकाशको पारिवारीक अवस्था दयानिय छ । विपन्न परिवारका उनी आप्mनालागि सामान्य काम समेत गर्न सक्दैनन ।

‘सानै देखि यस्तै छ ।’ प्रकाशकी आमा विमलादेवीले भनिन‘ डाक्टरलाई पनि देखायौ तर केही भएन ।’
सामान्य बोलचाल गर्ने उनी धेरै जसो घरमा नै बस्ने गरेका छन् ।

‘धेरै समय घरमा नै बस्छ कहिले काही बाहिर बाटोमा निस्कन्छ ’ प्रकाशकी हजुआमा लालीदेवी सरदार भन्छिन ‘नया मान्छे देखे बोल्न लजाउछ ।’

विराटनगर–१९ को सरदार बस्तीमा रहेका प्रकाशको परिवार दैनिक ज्याला मजदुरी गरेर चल्दै आएको छ । उनका दाई श्यामसुन्दर सरदारले जनमजदुरी गरेर परिवार पाल्दै आएका छन् ।

प्रकाशको परिवारमा ६ बर्षयता विपत्तीले छाडेको छैन । ६ बर्ष अघि बुबा नकुवा सरदारलाई गुमाएका उनले दुई बर्ष अघि १५ बर्षिय भाई विकासलाई गुमाउनु प¥यो । विपती त्यतीमै रोकिएन ६ महिना अघि भाउजु सुनितादेवीलाई पनि गुमाउनु प¥यो ।

सुत्केरी भाउजुको निधन भएपछि उनको भतिजोलाई जसो तसो परिवारले गाइको दुध खुवाएर हुर्काेउदै आएका छन् । ‘भाईको उचाई नै बढेन ’ उनका दाजु श्यामसुन्दर भन्छन ‘ सरकारले मासिक रुपमा अपाङग भत्ता दिदै आएको छ ।’

जन्मदर्ताको आधारमा सामाजिक सुरक्षाभत्ता पाउदै आएका उनले नागरिकता बनाएका छन् । ‘ दुईवटा हातले ल्याप्चे लगाएर नागरिकता पाए भन्छ ’ हजुरआमा लालीदेवी भन्छिन ‘घरको रेखदेख राम्रोसँग गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर