खबर पूर्वाञ्चल
स्कूल स्तरमा अध्ययनरत छात्रा विद्यार्थीहरुमा लुकेर बसेका भित्रि प्रतिभालाई प्रस्टफुटन गराउने उद्देश्यले विराटनगरमा आयोजना गर्न लागेको बौद्धिकताका सहितको सौर्दन्य प्रतियोगीताको पहिलो अडिसनमा २४ जना छात्राहरुले अडिसन दिए ।
पहिलो अडिसनमा उनीहरुको क्षमता, बौद्धिकता, बोल्ने भाषा शैली, हिडाई र आत्मा विश्वासको क्षमता वृद्धी हेरीएको थियो । विराटनगरको विभिन्न निजी तथा सरकारी विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्याथीहरुले अडिसन दिएका थिए ।
आज भएको पहिलो अडिसनको निर्णयक मण्डलहरुमा एक्टीभ र्ईन्टरनेशनल मिडियाकी आभा अनुपमा, कोरीयोग्राफर सिमा कर्ण, ओवी मिडिया प्रालिका डाईरेक्टर विवेक दाहाल, कान्तीपुर कलेजका संचाकलक भुवन नेपाल र ड्रिम्स मिडिया एण्ड ईन्टरटेडमेन्ट मेनेजमेन्ट प्रालि विराटनगरका चियर पर्सन ज्ञानु श्रेष्ठ रहेका थिए ।
स्कूल प्रिन्सेस प्रतियोगीताका विजेताले ताज सहित नगद ३० हजार रुपैया अन्य अवार्ड तथा गिफ्ट ह्याम्पर पाउने छन् भने फष्ट रनरअपले ताज सहित नगद २० हजार र सेकेन्ड रनर अपले १५ हजार पाउने छन् । साथै विजेताले एक बर्ष सम्मको लागी लाईफगार्ड हस्पिटलबाट निःशुल्क स्वास्थ्य सेवा पाउनेछन् ।
बौद्धिकता सहितको सौन्र्दय प्रतियोगीता ‘स्कूल प्रिन्सेस २०१७ को कोरीयोग्राफर सिमा कर्ण र प्रोगाम कोअडिनेटर नितिक्षा पाठक रहेकी छिन् । दोस्रो अडिसन आगामी असोज ११ गते हुनेछ भने प्रतियोगीताको फाईनल भने आगामी कात्तिक ११ गते हुने मिडीया कोअडिनेटर प्रेम देवानले जनाकारी दिए ।
तपाईको प्रतिक्रिया