AArya
animated ellipse animated ellipse

वर्तमान सरकार इतिहासकै भ्रष्ट- एमाले अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०७४, शनिबार १६:५५
3
Shares
विराटनगर, ३१ भदौ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको बर्तमान सरकार इतिहासकै भ्रष्टाचारी सरकार भएको आरोप लगाएका छन् ।

विराटनगरमा आज सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘यसले भष्टचार, स्वेच्छचारी, जिद्दि, अनियमिता रेकर्ड कायम गरेको छ ।’ ‘यो सरकारले एकठाउँमा मात्रै होइन,’ उनले भने, ‘ठ्याक्कै चुनावको अगाडि लाइसेन्स दिएर चुनाव खर्च उठाएको त थाहा होला । त्यतिबेला मिलेन भनेपछि पहिलो हप्ता दिन्छौं भनेर, ३१ गते चुनाव छ, दुई र तीन गतेभित्र लाइसेन्स दिएको पनि थाहा होला । हामी पनि सञ्चार माध्यमबाटै थाहा पाइराखेका छौं ।’

एमाले नेतृत्वको सरकारका भएको मन्त्रीमण्डल यो भन्दा धेरै सानो हुँदा पनि कटाक्ष गर्नेहरु अहिले आँखा चिम्लिएर, कान थुनेर बसेको टीप्पणी गरे । उनले भने,‘यो सरकारको त कुरै छाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको खण्डमा आफ्ना सबै सांसदलाई मन्त्री बनाउने थिए ।’

आयल निगमको भ्रष्टाचारको विषयमा प्रतिपक्षी एमालेको मौनताको विषयमा उनले एमाले कुनै पनि भ्रष्टचारको विषयमा मौन नबस्ने बताए । अध्यक्ष ओलीले भने, ‘एमाले कुनै पनि कुरामा मौनता साँध्दैन । भ्रष्टाचार भएको छ भने त्यसको मतियार पनि हुँदैन, हुने कुराप्रति सहनशीलता पनि राख्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर