खबर पूर्वाञ्चल
प्रेस युनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा नेता केसीले धर्मको कुुरा,चुनावी प्रणाली परिवर्तनलगायतका कुरा गर्दा संविधान कार्यान्वय अपठायारो पर्ने भएकाले राजनितिमा धर्म र जातियताका कुरा समावेश गराउन नहुने वताए ।
नेता केसीले संविधानलाई पहिलो चरणमा कार्यान्वय गरेर चुनावी प्रणाली परिवर्तनका विषयमा खुल्ला रुपमा कुरा गर्न सकिने वताए ।
नेता कसीले भने ‘चुनावी प्रकृया महगो भयो रुवरुप परिर्वतन गर्नु पर्छ भने चुनावको मुखमा अहिले भन्ने समय यो उचित छैन ।
यस्ता कुरा उठाउनले संविधान कार्यान्वयलाई नै चुनौती दिने हो भन्ने मरो वुझाई छ’ नेता केसीले भने । उनले अहिलेको संसदले संविधान संशोधन गर्ने संभावना नभएको वताए । नेता केसीले आवश्यकता अनुुसार संविधान संशोधन हुदै जाने भन्दै निर्वाचनपछी वन्ने नयाँ संसदले संशोधन प्रस्ताव अघि वढाउने बताए ।
असन्तुष्ट मधेशवादीदललाई निर्वाचनमा सहभागी गराउनु सरकारको ठुलो उपलव्धी भएको भन्दै नेता केसीले यसले संविधान कार्यान्वयनमा सहज भएको वताए । उनले असन्तुष्टदललाई राजनितिको मुलुधारमा ल्याउनु ऐतिहासिक उपलव्धि भएकाले यसले तराई हिमाल पाहाड विचको एकतालाई जोडने काम गरेको वताए ।
माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको चुनावी प्रकृया महगो वन्दै गएको भन्दै प्रत्येक्ष निर्वाचित कार्यकारी र समानुपाति निर्वाचन प्रणाली अपानाउनु पर्ने वताउदै आएका थिए ।
एक अर्को प्रसंगमा नेता केसीले दुई नम्वर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई टिकट वितरणमा एक पक्षीय रुपमा भएको वताए ।