AArya
animated ellipse animated ellipse

विराटनगरको दुई वटा ल्याबमा शिलबन्दी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ भाद्र २०७४, सोमबार २०:०९
3
Shares
विराटनगर, २६ भदौ / दर्ता बेगार सञ्चालनमा आएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले आज विराटनगरको दुई वटा ल्याबमा शिलबन्दी गरेकको छ ।

विराटनगर – ९ हस्पिट चौकमा दर्ता बेगार सञ्चालनमा आएको न्यू नेशनल डाइनेष्ट्रिक ल्याब र स्वीकृत बेगर सञ्चालन भएको विराटनगरको रङ्गेली रोडमा रहेको श्री कालिका ल्याब क्लिनीकलाई अनुगमन टोलीले शिलबन्दी गरेको हो ।

‘जनस्वास्थ्यबाट स्वीकृत नलिकन कालिका ल्याबले रङ्गेली रोडको भित्री गल्लीमा सानो घरमा बोर्डसमेत नराखी ल्याब सञ्चालन गर्दै आएको थियो,’ अनुगमनमा भेटिएका जनस्वास्थ्यका शाखा अधिकृत हरी खत्रिले भने, ‘कागजपत्र केही नभेटिएपछि शिलबन्दी गरेका हौं ।’ त्यस्तै न्यू नेशनल ल्याबले पनि बोर्ड नराखे परीक्षण गर्दै आएको फेला परेको थियो । उक्त ल्याबमा पनि अनुगमन टोलीले शिलबन्दी गरेको छ ।

अनुगमनको क्रममा विराटनगर– ९ मा रहेको श्री हस्पिटलको ल्याबमा म्याथ सकिएको विभिन्न प्रकारको क्यामिकल फेला परेको छ । श्री हस्पिटलको ल्याबमा रगतको मात्र चेक गर्न प्रयोग गरिने ‘हेमोगोलेविन’ क्यामिल म्याथ सकिएको अवस्थमा फेला परेको जनस्वास्थ्यको शाखा अधिकृत खत्रीले बताए । त्यस्तै विर्य परीक्षण गर्ने ‘डबलु डालोटिङ पुललुड’ नामक क्यामिकल श्री हस्पिटलको ल्याबमा म्याथ सकिएको अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर