RUMPUM
animated ellipse animated ellipse

बाढीपीडित विद्यार्थीलाई प्याब्सन मोरङको सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ भाद्र २०७४, बिहीबार २१:२६
3
Shares
विराटनगर, १५ भदौ/ बाढीबाट विस्थापित भएका बाढीपीडित विद्यार्थीहरुलाई प्याब्सन मोरङले राहत समाग्री वितरण गरेको छ ।

साउन अन्तिम साता आएको वर्षा र बाढीले विस्थापित भएका १ हजार ६ सय विद्यार्थीहरुलाई राहत सामाग्री वितरण गरेका हुन् ।

प्याब्सनले आज विराटनगर क्षेत्रको निजी विद्यालयका विद्यार्थीहरुलाई राहत सामाग्री वितरण गरेको थियो । यस अघि मोरङको विभिन्न गाउँपालिका, नगरपालिका क्षेत्रका बाढी पीडित विद्यार्थीहरुलाई राहत सामाग्री वितरण गरेको प्याब्सन मोरङका अध्यक्ष सुनिल पौडेले जानकारी दिए । उनका अनुसार राहतमा विद्यार्थीहरुलाई ब्याग, स्कूलको पोसक, जुक्ता, स्टेशनरीको सामाग्री वितरण गरेको बताए ।

प्याब्सन निजी स्कूलको संगठन मात्र नभए मानविय सेवामा सर्मपित संस्था पनि रहेको अध्यक्ष पौडेलले बताए ।

प्याब्सन मोरङका पदाधिकारी, केन्द्रीय सल्लाकार टिकाराम पुरी जनप्रतिनिधीहरुको हातबाट विद्यार्थीहरुलाई राहत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार