AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरपालिका डुवानमा, ६ सय परिवार विस्थापित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ श्रावण २०७४, शनिबार १६:१३
3
Shares

विराटनगर, २८ श्रावन / विराटनगरमा परेको पानी निकास नहुदा सबै क्षेत्र डुवानमा परेको छ ।

विराटनगर विमानस्थल, नोवेल मेडिकल कलेज पनि डुवानमा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोरङ जिल्लामा एक हजार पाँच सय भन्दा बढि घर परिवार डुवानमा परेका छन् ।

लगातारको वर्षापछि भलबाढी पसेर विराटनगर महानगरपालिकाका ४, ५, ६, ११ र १२ का सबै घर डुवानमा परेको छ । स्थानका करिब ६ सय परिवारलाई डुवानमा परेका छन् । विराटगर– ४ स्थत आयल निगमको क्षेत्रीय कार्यालयको कम्पाउन्ड पर्खाल भत्किएको प्रहरीले जनाएको छ ।

महानगरपालिकाका प्राय सबै वस्ती र मुख्य राजमार्ग समेत डुवानमा परेको छ । महानगरपालिकामा निर्माणधिन अवस्थामा रहेका सडक र ढलनालाका कारण नगरका विभिन्न वस्तीहरुको घरघरमा पानी पसेको छ ।

ढल नाला निर्माणका लागि ठुलो ठुलो खाल्डो खनेर त्यत्तिकै छाडिएकाले पानी जमेर थप खतरा बढेको छ । पानीको निकास नहुदा मुख्य राजमार्गलगायत वजार क्षेत्र डुवानमा परेको हो । ढलको याथोचित व्यवस्थापनाको अभावमा वजार क्षेत्रका धेरै जसो स्थान जलमग्न वनेको छ । अधिकांस भित्री सडकहरु जलमग्न भएका कारण हिडडुल गर्न समेत समस्या भएको छ ।

मोरङका प्रहरी प्रमुख अरुण बिसीले हिजो साँझवाट परेको पानी अहिलेसम्म नरोकिदा विराटनगर क्षेत्र जलमग्न भएको जानकारी दिए । विराटनगरका कतिपय स्थानमा मानिसलाई समेत उद्धार गर्नु पर्ने अवस्था सृजना हुने लागेको उनको भनाई छ ।

बिराटनगर बिमानस्थल जलग्मग्न , उडान सबै अवरुद्ध
बिमानस्थल सुरक्षा गार्ड विराटनगरको ब्यारेक भवन र कार्यालयमा पानी पसेर डुबान भएको छ । धावनमार्ग र बिमास्थल परिसर पुरै जलग्न भएको छ । बिमानस्थल बाहिरदेखी नै बगिरहेको बाढीले गर्दा आवतजावत पुर्ण रुपमा बन्द भएको छ । बिमानस्थलको यात्रु कक्षमा समेत पानी पसेर जलग्न भएपछि एयरलायन्सका काउन्टरहरुमा समेत क्षति पुगेको छ ।

ईन्धन डिपो र व्यारेक पनि डुवानमा
यहाँभित्र रहेको नेपाल प्रहरी र नेपाली सेनाको व्यारेक मात्र नभएर हवाई ईन्धनको आयाल निगमको डिपो समेत डुवानमा परेको छ । बाढीले गर्दा बिमानस्थलमा करोडौको क्षति पुगेको आंकलन गरिएको छ । बाढीले धावन मार्ग पुरै डुवाएकोले हप्तौ बिमान संचालन हुन समस्या हुने नागरिक उडयन प्राधिकरण बिराटनगरले जनाएको छ ।

बिमानस्थल बाहिरका होटल रेष्टुरेन्टमा पनि भारी क्षति
बाढिले गर्दा बिमानस्थल बाहिरका होटल रेष्टुरेन्टमा समेत क्षति पुगेको छ । आसपासका टोलहरु पनि पुर्ण रुपले डुवानमा परेका छन । अबिरल रुपमा भैरहेको वर्षाले बिराटनगर महानगरपालिका ४,५,६,११ र १२ नम्बर वडामा अन्दाजी ६०० घर डुबानमा परेका छन । उनिहरु आफन्त तथा छिमेकीको घरमा शरण लिन थालेका छन । बिराटनगरको कोशी राजमार्ग स्थित मुनालपथ , भुकुटी चौकमा डुवानहुँदा सवारी अवागमनमा समस्या भएको छ । बिराटनगरको पश्मिमा पर्ने केशलिया र पुर्वमा रहेको सिघिया खोलाले कटान बढाएपछि स्थायिनहरु त्रसित बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर