मोरङका नयाँ प्रहरी प्रमुखले भने – ‘गुण्डागर्दी नियन्त्रण र सीमा तस्करी रोक्छु’
खबर पूर्वाञ्चल
२७ श्रावण २०७४, शुक्रबार १६:००
3
Shares
विराटनगर, २७ साउन/ जिल्ला प्रहरी कार्यालय मोरङमा दुई दिनअघि सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी अरुण बिसीले सिमा नाकामा हुने तस्करी र गुन्डागर्दी नियन्त्रण आफ्नो पहिलो काम हुने बताए ।
विराटनगरमा आज पत्रकार सम्मेलनमा बोल्दै एसपी बिसीले आफू निष्ठाका साथ प्रहरी सेवामा लाग्ने बताएको हो । उनले सिमा नाका नजिकै भएकाले तस्करी बढी हुने भएकोले यस नाकाबाट हुने तस्करी नियन्त्रण गर्न लाग्ने बताए । यसका साथै विराटनगरमा गुण्डागर्दी नियन्त्रणका लागि पनि आफूले काम गर्ने बिसीले बताए ।
‘सबैको साथ सहयोग पाए सिमा नाकामा हुने तस्करी र गुण्डागर्दी पूर्ण रुपमा नियन्त्रण गर्छु’ विसीले भन्नुभयो, ‘मेरो पहिलो प्राथामिकता भनेकै शान्ति सुरक्षा प्रदान गरी चोरी, तस्करी नियन्त्रण गर्ने हो ।’ कुनै पनि राजनीतिक दलको सोर्स फोर्समा मोरङ सरुवा नभएको स्पष्ट पार्दै उहाँले पेशागत मर्याद र निष्ठामा रहेर काम गर्ने बताए । पहिले पनि यस जिल्लामा रहेर राम्रो काम गरेर गएका प्रमुखसँग सल्लाह लिएको जानकारी दिँदै उनले सीमा नाकाबाट हुने तस्करी, गुण्डागर्दी नियन्त्रण र ट्राफिक व्यवस्थापन आफ्नो पहिलो दायित्व हुने बताए ।