RUMPUM
animated ellipse animated ellipse

पथरीशनिश्चरेमा राधा कृष्णको रथ यात्रा निकालिन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ श्रावण २०७४, बिहीबार १५:५७
3
Shares
गेपाल काफ्ले
पथरी, २६ साउन मोरङको पथरीशनिश्चरे–४ जरायोडोल स्थित रहेको राधा कृष्ण मन्दिरले साउन ३१ गते मंगलबारका दिन रथ यात्रा निकालिने भएको छ ।
राधा कृष्ण मन्दिरको हलमा आज पत्रकार सम्मेलन गर्दै राधाकृष्ण मन्दिरका सचिव कृष्ण न्यौपानेले सो कुराको जानकारी दिएका हुन् । हिन्दु धर्मको संरक्षण र परमपरा बचाइराख्र्न सबैमा जोड् दिन रथ यात्रा समितीले अनुरोध गर्दै रथ यात्रामा सहभागी हुन अनुरोध गरेको छ । साउन ३१ गते मंगलबारका दिन भने भगवान श्री कृष्णलाई विशाल सुन्दर रथमा विराजमान गराई बिभिन्न जात जातिका सास्कृतीक बाजागाजा, झाँकी सहित नगर परिक्रमा गर्ने न्यौपानेले बताए ।

२०६६ सालमा स्थापना भएको राधा कृष्णमन्दिरमा पथरीशनिश्चरे ७ का लक्ष्मी बहादुर थापा र सुभद्रा थापाले १ कठ्ठा जग्गा उपलब्ध गराएपछी बर्षिक रथयात्र गरिन थालेको हो । समितीले साउन २७ गते देखि ३१ गते सम्म मन्दिरमा बिबिध कार्यक्रम गर्ने भएको छ । २७ गते मन्दिरमा पथरीशनिश्चरेका मेयर दिलिप कुमार राईले बिधिबध रुपमा उद्घघाटन गर्नु हुने छ ।
साउन ३१ गते कृष्ण जन्म अष्टमीको भोली पल्टक निकालिएको रथ यात्रा गुरासँ चौक, शनिश्चरे बजार, यलम्बर चौक, लोतान्त्रिक चौक, मन्दिरलाईन हुँदै बुद्धचौक र पुल चौक देखि देउराली चौक हुँदै पुर्न राधाकृष्ण मन्दिरमा पुगि समापन गरिने न्यौपानेले जनाए ।
मन्दिर भएको ठाउँ–ठाउँमा रथ विसर्जन गरि पुर्न नगर परिक्रमा गरिने भएको छ । उक्त कार्यक्रम २७ शुक्रबारका दिन देखि कलश यात्रा, दैनिक मण्डप पूजा, नित्य पूजा गरिने र बेलुका दैनिक सन्ध्याकालिन आरती र झाँकी प्रदर्शन हुने छ । सो कार्यक्रम जग्गा दाता लक्ष्मीबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर