विराटनगर, २५ श्रावन / राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको विज्ञान विषयको परीक्षामा उत्कृष्ठ अंक ल्याउने शुनिलकुमार यादवलाई नगर परिक्रमा गराइएको छ ।
विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा १२ को बिज्ञान संकायको पूर्वाञ्चल प्रथम भएका यादवलाई सम्मान सहित आज नगरपरिक्रमा गराइएको हो ।
नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको कान्तिपुर कलेजले पहिलो वर्षमानै पूर्वाञ्चल प्रथमसहित उत्कृष्ट नतिजा ल्याएपछि उत्कृष्ठ विद्यार्थी सहित नगर परिक्रमा गरेको कलेजले जानकारी दिएको छ ।
विज्ञान विषयको परीक्षामा ८६.४५ प्रतिशत ल्याएर यादव पूर्वाञ्चल प्रथम भएको कलेजको दावी छ । उत्कृष्ठ अंक ल्याएका यादवलाई नगद २१ हजार रुपैयाँ सहित दोसला ओढाएर सम्मान गरिएको थियो । यादवलाई बुधबार बाजा–गाजा सहित विराटनगर नगर परिक्रमा गराइएको थियो ।
कलेजबाट निस्किएको ¥याली ट्राफिक चौक , जलजलाचौक, गोल्छा चौक हुँदै सिडियो अफिसबाट शहिद मैदान, हस्पीटल चौक, घोगापुल चौक, मेनरोड हुदै पुनः कलेजमका पुगेको थियो । कलेजले अध्यक्ष ा रञ्जन कार्की, प्रिन्सिपल सन्तोष भगत, सञ्चालकहरु जनक अधिकारी, खुशीराज श्रेष्ठ, कृष्ण भण्डारी, भुवन नेपाल, र जेवी मगरलगायतले यादवलाई पनि सम्मान गरेका थिए ।