खबर पूर्वाञ्चल
२४ श्रावण २०७४, मंगलवार १५:३५
विराटनगर, २४ श्रावन / दैनिक भाग दौडपूर्ण जीवनबाट उत्पन्नहुने तनाव व्यवस्थापन गर्न विराटनगर तीनपैनी स्थित ओशो ध्यानआश्रममा साप्ताहिकध्यानशिविर सुरु भएको छ ।
तनावलाई ध्यान र साधनाको माध्यमबाट सुखमा रुपान्तरण गर्ने उद्देश्यले शिविर सुरु गरिएको आश्रमले जनाएको छ ।
सँधै खुसी रहन र आत्म सन्तुष्टिपूर्ण जीवन यापन गर्ने कलासिका उन शुक्रबार, शनिबार र आइतबार बिहानसम्मकालागि विकेन्ड ध्यानशिविरको आयोजना गरिएको गुरु ओशोकाअनुयायी स्वामी प्रेम समर्पणले बताए । उनले भने,‘ध्यानका विविध विधि र जीवन उपयोगी कलाबारे प्रशिक्षण दिन सुरु गरेका छौं । इच्छुकले ध्यानगर्नआउन सक्नु हुनेछ ।’
शिविर व्यवस्थापन समितिका अनुसार सञ्चारकर्मी, कर्पोरेट हाउसका कर्मचारी, बैङ्किङ कर्मचारी, उद्योगी तथा व्यवसायीकालागि समेत विशेष ध्यानका प्याकेज कार्यक्रम सुरु गरिएको छ । समितिका अध्यक्ष विकाश रुपाखेतीले भने,‘ ध्यानका विधिबारे जानकारी गराउन र जीवन जीउने कलासिका उन विकेन्ड शिविर सुरु गरिएको हो ।’ ध्यानमा बस्न इच्छुकहरुले आश्रममा सम्पर्क गर्न सक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?