विराटनगर, २४ श्रावन/ विराटनगर महानगरपालिकाले बैकल्पिक मार्गको खोजी सुरु गरेको छ । बजार भित्रको ब्यस्त ट्राफिक जामलाई हटाउन महानगरले बैकल्पिक सडकहरुको खोजी सुरु गरेको हो । विराटनगर क्षेत्रमा नहरको बाटोलाई बैकल्पिक मार्गको रुपमा प्रयोग गर्न स्तरउन्नती सुरु गरिएका महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।
बैकल्पिक मार्गको रुपमा प्रयोग गर्न विराटनगर–४ को करिव ४ किलोमिटर नहरकोबाटो सम्याउने काम सुरु गरिएको पराजुलीले बताए । उनका अनुसार विराटगर रानी देखि ढाट सम्म नहरकाको सडकलाई बैकल्पिक मार्गको रुपमा प्रयोग गर्नेगरी काम सुरु गरिएको छ ।
पहिलो चरणमा विराटनगर– एयरपोर्ट मोडबाट नहरको बाटो सम्याउन सुरु गरिएको छ । वडा अध्यक्ष देवेन्द्रराज पोखरेलका अनुसार विराटनगर खारजी चोक देखि जामुनगाछी सम्मको करिव ४ किलोमिटर क्षेत्र मंगलवार देखि डोजरको प्रयोग गरेर सम्याउने काम थालिएको छ । सो मार्गलाई बैकल्पिक मार्ग र विहान हिडने मानिसलाई सहजताकालागि प्रयोग गर्न सकिने उनको भनाई छ ।