खबर पूर्वाञ्चल
प्रतियोगितामा भानुभक्तले सत्यनारायण माविलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको थियो । भानुका खेलाडीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । सत्यनारायणका खेलाडीले भानुको अग्रतालाई धेरै समय टिक्न दिएन र गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।
प्रतियोगिताको विजेता तथा उपविजेतालाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलि, एन्फाका केन्द्रीय सदस्य बसन्त अर्याललगायत पुरस्कार वितरण गरे । प्रतियोगितामा विराटनगरको विराट स्पोर्टस हाउसले खेल सामाग्री तथा नगद सहयोग गरेको थियो ।
तपाईको प्रतिक्रिया