AArya
RUMPUM
animated ellipse animated ellipse

इलाम र झापालाई सफलता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ चैत्र २०८१, बिहीबार १८:१३
135
Shares
विराटनगर / विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलाम र झापाले रोमाञ्जक जित निकालेको छ ।

आज भएको खेलमा इलामले घरेलु टिम मोरङलाई र झापाले सुनसरीलाई हराएको हो ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउदै इलामले रोमाञ्चक जित निकाल्दै दुई अंक जोडेको छ । इलाम यसअघि उद्घाटन खेलमा उदयपुरसँग पराजित भएको थियो ।

इलामले दिएको ११४ रनको लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०७ रनमा सिमित भयो । मोरङका सन्तोष चौधरीले ३९ रन बनाउँदा मिनश थापाले ३२ रनको योगदान दिए ।

इलामका विशाल आचार्यले २ विकेट लिँदा प्रज्जवल खत्रीले पनि २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा सबै विकेट गुमाई ११३ रन बनाएको थियो । सिवान्श बजगाईले सर्वाधिक ३० रन बनाउँदा लभ कामतले २६ रन रनको योगदान दिए ।

मोरङका अरमान अली ३ विकेट लिँदा मिनश थापाले पनि ३ विकेट लिए । खेलको प्लयेर अफ द म्याच इलामका लभ कामत घोषित भए । उनले नगद २ हजार पाँच सय पाए ।

दोस्रो खेलमा झापाले सुनसरीलाई ६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा सुनसरीको यो दोस्रो हारसँगै खेलबाट बाहिरिएको छ ।

टस जितरे ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा ११७ रन बनाएको थियो । झापाको जितको लागि संगम बुढाथोकीले २६ रन बनाउँदा भुपाल डाँगीले २२ रनको योगदान गरे ।

सुनसरीका शिरान यादवले २ विकेट लिँदा सोनु मण्डल र शिरानले पनि २–२ विकेट लिए ।

१ सय १८ रनको विजयी लक्ष्य पाएको सुनसरीले पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ११ रनमा सिमित भयो । सुनसरीका गौरव कटुवालले ३१ रन बनाउँदा श्रीजन २२ रनको योगदान दिए ।
झापाका विजय कार्की र सुरञ्जन राईले समान २–२ विकेट लिए भने संगम बुढाथोकीले १ विकेट लिए । संगम खेलको प्यलेर अफ द म्याच घोषित भए । शुक्रबार आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी र झापा जिल्लाबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर