animated ellipse animated ellipse

प्रदेश १ मा ८७ जनामा कोरोना संक्रमित पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या ४ हजार ८ सय नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ भाद्र २०७७, सोमबार १८:५६
351
Shares
विराटनगर / प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय २९ पुगेको छ ।

मोरङमा ५५, सुनसरीमा २४, झापामा २ , उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको कटहरीमा २ महिला १३ पुरुष, विराटनगरमा १ महिला १३ पुरुष, बुढीगंगामा ५ महिला ८ पुरुष, ग्रामथानमा २ महिला ५ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदामा १ पुरुष र स्थानीय तह नखुलका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला १३ पुरुष, धरानमा २ महिला २ पुरुष, इटहरीमा २, भोक्राहानरसिंहमा २, दुहवीमा १ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको छ । उता झापाको कमलगाउँपालिकामा १ महिला १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना र न्युरो अस्पताल विराटनगरबाट ७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४ सय ८३ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये १५ महिला र ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख ९ हजार १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर