AArya
RUMPUM
animated ellipse animated ellipse

वेपत्ता भएका परिवारलाई सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ असार २०७४, सोमबार १०:२०
3
Shares
विराटनगर, ५ असार/ स्थानीय शान्ति समिति मोरङले आज विराटनगरमा वेपत्ता भएका परिवारलाई सम्मान गरेको छ ।
स्थानीय शान्ति समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला र शान्ति समिति मोरङका संयोजक तथा नेकपा माओवादी केन्द्र मोरङका संयोजक गोपी अछामीले दोसल्ला ओढाएर सम्मान गरे । सो अबसरमा मोरङका २३ जना वेपत्ताका परिवारलाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोइरालाले वेपत्ताका परिवारलाई राज्यले सहयोग गर्नु पर्ने दायित्व रहेको बताए । त्यसैगरी शान्ति समिति संयोजक अछामीले वेपत्ता, शहीद परिवारका कारण देशमा गणतन्त्र स्थापना भएको र जनताको अधिकार स्थापित भएकोले वेपत्ता परिवार प्रति सबैले सम्मान गर्नु पर्ने बताए ।
द्धन्द्धको समयमा घाइतेले उपचार पाए, मृतकका परिवारले शप पाए र किरिया गरे तर वेपत्ता परिवार अझै आफन्त आउने आशामा रहनु पिडा दायि भएकोले पनि त्यसलाई कम गर्न यस्ता सम्मान कार्यक्रमले मद्धत पुर्याउने शान्ति समिति मोरङ सचिब टिका घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर