AArya
RUMPUM
animated ellipse animated ellipse

मिक्लाजुङको विजयी सुरुवात

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०७४, शनिबार १०:१०
3
Shares
रतुवामाई ३ असार÷स्वस्थ्य मेरो धन,खेलकूद मेरो जीवन भन्ने मुलनाराका साथ आजदेखि रतुवामाई नगरपालिका सिजुवामा फुटवल प्रतियोगिता सञ्चालनमा आएको छ ।
उद्घाटन खेलमा मधुमल्ला युवा क्लब मिक्लाजुङले चुनिमारी युवा क्लब रतुवामाई कल्याणपुरलाई ट्राईब्रेकरमा हराउँदै विजयी सुरुवात गरेको छ ।
निर्धारित समयको खेलमा दुवै टिमले ३–३ गोलको बराबरीमा खेल खेले पछि खेलको निर्णय ट्राईब्रेकरमा भएको हो । मुधमल्ला सन्दीप लिम्बुले २ गोल र चन्द्र्प्रकाश श्रेष्ठ १ गोल गरेका थिए । चुनीमारीका तर्फबाट सुनिल हस्दाले २ गोल र चन्द्र मुर्मुले १ गोल गरेपछि खेल ट्राईब्रेकरमा थकेलिएको थियो ।
एमाओवादी केन्द्रका रतुवामाई नपाका मेयरका उम्मेद्वार प्रकाश पौडेल, नेपाली कांग्रेसका रतुवामाई ६ का वडा अध्यक्षका उमेद्वार देउमान सुब्बा,युवा संघ नेपालका संस्थापक जिल्ला सदस्य हेमबहादुर कार्की,नेपाली कांग्रेसका रतुवामाई नपा ६ का वडा सदस्य पदका उमेद्वार रमेश गौतमलगायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सो अवसरमा युवालाई खेलकुदको माध्यमबाट एकीकृत गर्न सहयोग गर्ने उद्ेश्यले अतिथिहरुले आर्थिक तथा भौतिक सहयोग गरेको आयोजक युनाईटेड मुनाल फुटवल क्लबका अध्यक्ष अभिषेक नेपालले जानकारी दिए । आईतवारको खेल शान्तिपुर युवा क्लब रतुवामाई ६ र विराजमुनी युवा समाज रतुवामाई ६ कपरसुका मुनाल आर्दश विद्यासदन र युनाईटेड कजला फुटवल क्लब बीच हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम पुरस्कार १० हजार ट्रफी,मेडल,प्रमाणपत्र,दोस्रो ६ हजार नगद ट्रफी,मेडल,प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर