RUMPUM
animated ellipse animated ellipse

पेट्रोलिमय पदार्थको मूल्य घट्यो, नयाँ मूल्य कायम गर्दा निगमलाई महिनामा ७६ करोड नाफा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ असार २०७४, शुक्रबार १७:३२
3
Shares
काठमाडौ,२ असार । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलिमय पदार्थको मूल्य घटाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १ सय रुपैयाँमा पाइनेछ ।
यसअघि १ सय १ रुपैयाँ ५० पैसामा पाइने पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैंसा मूल्य घटाइएको आयल निगमले जनाएको छ ।
यस्तै डिजेल र मट्टीतेल लिटरमा पनी लिटरको १ रुपैयाँ ५० पैंसा सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा पाइन्थ्यो ।
एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन । अहिले ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाए पछी मुल्य समायोजन गरेको हो ।
पुषमा मूल्य बढाए यता पेट्रोलिमय पदार्थमा मूल्य समायोजन गरको थिएन । निगमलाई नयाँ मूल्य कायम गर्दा ७६ करोड रुपैयाँ नाफा रहनेछ ।
निगमले नयाँ मूल्य अनुसार नेपालमा भारतभन्दा पेट्रोलमा ११ रुपैयाँ ५५ पैसा, मटितेलमा ११ रुपैयाँ ४० पैसा र डिजेलमा १९ रुपैयाँ ३५ कममा तेल उपलब्ध भएरहेको आयल निगमले जनाएको छ ।
त्यसैकारण अहिले नेपालबाट पेट्रोलिमय पदार्थ तस्करी भएर भारत जाने गरेको दावी निगम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर