RUMPUM
animated ellipse animated ellipse

बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमाथि तोडफोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० जेष्ठ २०७४, मंगलवार १८:२४
3
Shares
विराटनगर, ३० जेठ /राष्ट्रिय जनता पार्टी र संघीय गठबन्धनले आव्हान गरेको बन्दको उल्लघन गरेको भन्दै सवारी साधनमाथि तोडफोड भएको छ ।
बन्दको उल्लंघन गरेको भन्दै बन्दकर्ताहरुले केही सवारीसाधनमा समेत तोडफोड गरेका छन् । बन्दकर्ताहरुले हडतालको उल्लंघन गरेको भन्दै विराटनगर–काठमाण्डौ चल्ने बा ३ ख ८३७४ नम्बरको निशान माइक्रो बस तोडफोड गरेका छन । यस्तै बन्दकर्ताहरुले को १ ह १६८३ नम्बरको टेम्पू र को १ ह ४२१८ नम्बरको सिटी रिक्सासहित अन्य केही सिटी रिक्साहरुमा समेत तोडफोड गरेका छन् ।
बन्दका कारण विराटनगरबाट पूर्व–पश्चिम जाने सवारीसाधन चल्न सकेका छैनन् । नगरक्षेत्रमा मोटरसाइकल र सिटी रिक्सा भने प्रशस्तै चलेका छन् । बन्दको क्रममा मोटरसाइकल, एम्बुलेन्ससहित अत्यावशकीय सवारीसाधनलाई रोक नलगाइएको राष्ट्रिय जनता पार्टीका मोरङ संयोजक मोहम्मद कादिरले जानकारी दिए । विराटनगर बाहिरबाट आएका यात्रुबाहक बसहरु भने स्थानीय बरगाछी चोकसम्म यात्रु लिएर आइरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन गिरीले जानकारी दिए ।
बन्दकर्ताहरुले विराटनगरको रानीसहित, कटहरी, नयाँबजारलगायतका क्षेत्रमा समेत प्रदर्शन गरिरहेको जनाइएको छ । यसैबीच, बन्दका कारण मोरङको पुरानो सदरमुकाम रंगेली बजारको जनजीवन पनि प्रभावित भएको छ । बन्दकर्ताहरुले हुलाकी राजमार्ग पूर्णरुपमा बन्द गराएका छन् । बन्दका कारण सार्वजनिक तथा निजी गाडीहरु कुद्न सकेको छैन भने स्कूलसमेत बन्द गराएका छन् ।
बन्दकर्ताहरुले मोटरसाइकल तथा आकस्मिक सेवाका गाडीहरु भने सञ्चालनमा रोक लगाएका छैन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार