विनायकमा निर्वाचन

खबर पूर्वाञ्चल, १७ जेष्ठ २०७४, बुधबार १५:४३
विराटनगर,१७ जेठ / बिराटनगर १२ (सविक–१६) मा रहेको विनायक बोर्डिङ सेकण्डरी स्कूलले प्रत्यक्ष निर्वाचनबाट स्कूल क्याप्टेन, स्कूल भाइस क्याप्टेनलगायत विभिन्न हाउसका क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको छ ।
स्कूल क्याप्टेनमा छात्रतर्फ राजीब थापा , छात्रातर्फ सीजा न्यौपाने स्कूल भाइस क्याप्टेनमा अच्युतकुमार ठाकुर, रीया सिंह, सुमन कुमार मण्डल तथा हाउस क्याप्टेनमा अपूर्व झा, रोहन बस्नेत, विनय प्रधान, अस्मिता आले, आशिष चौधरी र हाउस भाइस क्याप्टेनमा अभिशेक साह, पुजा सुब्बा, नेहा साह, राधाकुमारी यादव तथा सौरभ कर्मकार निर्वाचित भएका छन् ।
निर्वाचित विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल कमलेश ठाकुरले पद तथा गोपनियताको सपथ गराए । निर्वाचित विद्यार्थीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल मिथिलेश ठाकुरद्वारा ब्याच तथा अबीरलगार्ई शुभकामना दिए ।
निर्वाचन पिन्टु यादवको संयोजक्त्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.