खबर पूर्वाञ्चल
१२ जेष्ठ २०७४, शुक्रबार १५:२२
विराटनगर ,१२ जेठ/ १७ वटा स्थानीय तह रहेको मोरङ जिल्लामा बुढिगंगा गाउँपालिका बाहेक अन्य स्थानीय तहमा माओवादी केन्द्रले उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।
माओवादी केन्द्रले एक महानगर, ८ गाउँ र ८ नगर रहेको मोरङ जिल्लामा १६ वटा स्थानीय तहमा उठने उम्मेदवारहरुको टुङगो लगाएको हो । उम्मेदवारको टुङगो लगाउन बाकी रहेको बुढिगंगा गाउँपालिकामा पनि चाडै टुङगो लगाउने माओवादी नेता गणेश उप्रेती सुशीलले जानकारी दिए । उनका अनुसार मोरङ जिल्लाका प्रयसबै स्थानीय तहका वडाहरुमा पनि उम्मेदवारहरुको टुङगो लागि सकेको छ ।
जेठ ३१ गतेलाई तोकिएको स्थानीय तह निर्वाचनकालागि कांग्रेस र एमालेले पनि उम्मेदवारको नामावली टुङगो लगाउने गृह कार्य गरीरहेका छन् ।
एमालले आठ वटा स्थानीय तहमा उम्मेदवारको टुङगो लगाएको छ भने नेपाली कांग्रेसले दुईवटा स्थानीय तहमा उम्मेदवारको टुङगो लगाएको छ ।
नेकपा एमाले मोरङ अध्यक्ष विनोद ढकालका अनुसार पाच गाउ र तीन नगरपालिका सहित ८ स्थानमा उम्मेदवारको टुङगो लागेको हो । बाकीमा उम्मेदवारको टुङगो लगाउन छलफल भैरहेको उनको भनाई छ ।
त्यस्तै नेपाली कांग्रेसले उम्मेदवारको टुङगो लगाउन गृहकार्य गरिरहेको कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूले जानकारी दिए । उनका अनुसार चाडै नै सबै क्षेत्रमा उम्मेदवारहरुको टुङगो लगाइने छ ।
माओवादीबाट को को ?
गाउँ/नगर मेयर /अध्यक्ष उपमेयर/उपाध्यक्ष
विराटनगर महानगरपालिका भोगेन्द्र यादव नमिता न्यौपाने
सुन्दर हरैचा नगरपालिका लता न्यौपाने (लक्ष्मी) नवराज चापागार्ई
पथरी शनिश्चरे नगरपालिका जहरमान लिम्बू टंकमाया गौतम(राधिका)
लेटाङ नगरपालिका गोपाल नेपाली शान्ता राई
रतुवामाई नगरपालिका प्रकाश पौड्याल जुब्बा सोरेन(सतार)
रंगेली नगरपालिका दिलिप वगाडिया –
सुनवर्षी नगरपालिका श्याम राजवंशी –
बेलवारी नगरपालिका तिलक राई सुशीला भट्टराई
उर्लाबारी नगरपालिका राजेन्द्र पौड्याल धनमाया धिमाल
धनपाल गाउँपालिका विक्रम पासवान –
मिक्लाजुङ गाउँपालिका प्रेम मिभक –
कानेपोखरी गाउँपालिका सूर्य धिमाल –
ग्रामथाम गाउँपालिका रमेश चौधरी रेनुका खवास
कटहरी गाउँपालिका रामकुमार यादव बिन्दी मिश्रा
जहदा गाउँपालिका राजकुमार यादव –
केरावारी गाउँपालिका हस्तबहादुर लिभाङ –
एमालेबाट को को ?
गाउँ/नगर मेयर/अध्यक्ष उपमेयर/उपाध्यक्ष
उर्लाबारी नगरपालिका लक्ष्मी भण्डारी –
रंगेली नगरपालिका सन्तोष साह उषा झा ठाकुर
सुनबर्षी नगरपालिका हसन इमान बक्स मीरादेवी दास
धनपालथान गाउँपालिका मुसहरु मण्डल उपासीदेवी राजवंशी
ग्रामथान गाउँपालिका शिवनारायण माझी गुणावती धामी
केराबारी गाउँपालिका नवीन थापा मगर शान्ति लिम्बू
कानेपोखरी गाउँपालिका ताराबहादुर काफ्ले राजकुमारी इङ्नाम
कटहरी गाउँपालिका मुक्तिनारायण राजवंशी सुमनकुमारी सरदार
नेपाली कांग्रेसबाट को को ?
गाउँ/नगर मेयर/अध्यक्ष उपमेयर/उपाध्यक्ष
उर्लाबारी नगरपालिका खड्ग फागो सीता कार्की
केराबारी गाउँपालिका रोहित कार्की –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया