सेरामिक ह्वील थ्रोइङ तालिम सम्पन्न

खबर पूर्वाञ्चल, १० जेष्ठ २०७४, बुधबार १९:४५
गोपाल काफ्ले
पथरी, १० जेठ /नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा संचालित १० दिने सेरामिक तालिम सम्पन्न भएको छ ।
तालिम जेष्ठ १ देखि १० गते सम्म चलेको थियो । जस्मा बिक्रम प्रजापती, जगत प्रजापती र बेदिलाल पण्डीतले माटोबाट बनाईने सजावटका सामन बनाउन सिकाए । एभरेष्ट आर्ट फुजन मोरङको आयोजनामा भएको तालिममा २० जनाले प्रशिक्षार्थी सहभागी थिए ।
प्रशिक्षार्थीहरुले बनाएका सामानहरु प्रर्दशनि गनुका साथै प्रशिक्षार्थीले बनाएको पानसमा बत्ति बालेर प्रमुख अतिथी तथा सभासद चन्डीप्रसाद राईले उद्धघाटन गरे ।
समापनको अवसरमा राईले “यस किसिमको तालिमबाट स्वरोजगार बन्न सकिने र यस्तो तालिमहरु ब्ढि भन्दा बढि गराई आत्मानिर्भर बनाउन लागी परेको सस्था एभरेष्ट आर्ट फ्युजनलाई” शुभकामना ब्याक्त गरे ।
सेरामिक ह्वील थ्रोइङको बारेमा सस्थाकी सस्थापक अध्यक्ष सरोजा खड्गीले जानकारी दिनुभयो । कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी राई र सभापती टिकाराक राईले प्रमाण–पत्र बितरण गरेका थिए । तालिमबाट घरमा बसी बसी आयआर्जन गर्न सकिने र सामान बनाएर सजाउन सकीने प्रशिक्ष्याथी कुलदीप धलेले बताए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.