खबर पूर्वाञ्चल
१० जेष्ठ २०७४, बुधबार १९:२२
मोरङ, १० जेठ / मोरङको पथरीशनिश्चरे १० स्थित नेकपा एमालेको वडा कमिटीले स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारको प्रसार प्रसार स्वरुप सयौंको संख्यामा सहभागिहरुबाट आज घरदैलो कार्यक्रम गरेको छ ।
१० नम्बर शाखा कमिटी अध्यक्ष अर्जुन भट्टराईको अगुवाईमा वडाध्यक्ष र सदस्यका उम्मेदवार सहितको कार्यकर्ताको र्यालीले वडा परिक्रमा गरेको हो । एमालेको पक्षमा देशमै जनलहरको आएको भन्दै सूर्य चिन्हमा मतदान गर्न आव्हानका साथ झण्डा, व्यानर र माइकिङ सहितको अभियानमा ५ सय बढीको सहभागिता रहेको छ ।
सूर्य चिन्ह अंकित भेष्टमा उत्रिएका युवाहरुको बाहुल्यता रहेको र्यालीमा ज्येष्ठ नागरिक सहितको उत्साहपूर्ण सहभागिता रहेको थियो । र्यालीमा ९० वर्षका भीमबहादुर कटुवाल सहितका ज्येष्ठ नागरिक समेतको सहभागिताले नाचगान सहितको उल्लासपूर्ण वातारणमा हालसम्मकै बृहत कार्यक्रम भएको छ । सो वडाबाट एमालेले वडा अध्यक्षमा प्रेमबहादुर लिम्बू ( प्रेम पोमु), महिला सदस्यमा मैनादेवी फूयँल ( आचार्य), दलित महिला सदस्यमा मनकुमारी विश्वकर्मा, खुला सदस्यमा अनोज घिमिरे र ओमनाथ उप्रेतीलाई उम्मेदवार सिफारिस गरेको छ ।
एमालेको १ नम्बर शाखा कमिटीले पनि शाखा अध्यक्ष भीम राईको नेतृत्वमा वडामा घरदैलो गरेको छ । वडाध्यक्षका उम्मेदवार बाबुराम एङदेन, महिला सदस्य रोमान्सी धिमाल, दलित महिला सदस्य इन्दिरा सुन्दास , खुला सदस्य दुर्गाप्रसाद सिटौला र धनप्रसाद सावा सहितका कार्यकर्ताहरु घरदैलोमा सहभागि थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?