रविन्द्र बराल
रङ्गेली,९ जेठ/ स्थानीय निकायको दोस्रो चरणको निर्वाचन नजिकिदै जाँदै सिमावर्ति नाकहरुबाट अवैध सामान प्रहरीले धमाधम बरामद गर्न थालेको छ ।
ईलाका प्रहरी कार्यालय रंगेलीले आफ्नो कार्यक्षेत्रबाट विभिन्न सीमा एरियाबाट अवैध रुपमा भारत नेपाल भित्र्याउन लागेको ठुलो परिमाणका अवैध वस्तु बरामद गरेको हो ।
प्रहरीले चिनि,मलखाद, रेडिमेट लत्ताकपडा, साबुन, दाल, स्टिलका भाडाकुडा, सुर्तिजन्य बस्तु, ,प्रेसर कुकर, सकेटलगायतका फलामका करिब ४ लाख बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरि प्रहरीले १ सय ६० लिटर डिजेल र अन्दाजी ५सय ५० लिटर अवैध घरेलु मदिरा बरामद समेत बरामद गरि बिराटनगर स्थिति भन्सार कार्यालय रानीमा बुझाईएको रंगेलीको प्रहरी प्रमुख सन्जिवबाबू खड्काले जानकारी दिए ।