RUMPUM
animated ellipse animated ellipse

प्रेम गीत – २ को कभरगीत प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ जेष्ठ २०७४, शनिबार १७:१६
3
Shares
विराटनगर, ६ जेठ / आसुसेन फिल्मस् प्रालीको ब्यानरमा निमार्ण भएको चलचित्र प्रेम गीत–२ को शीर्ष गीतको कभर गीत प्रतियोगिता हुने भएको छ ।
आज विराटनगर आइपुगेका चलचित्र निमार्ण युनिटले पत्रकार सम्मेलन गर्दै प्रेम गीत–२ को शीर्ष गीत ‘कहानी यो प्रेम गीतको’ कभर गीत प्रतियोगिता हुने जानकारी गराए ।
मोफसलमा रहेका प्रतिभालाई धेरै भन्दा धेरै सहभागी गराउन चलचित्र युनिट यतिबेला पूर्वका विभिन्न क्षेत्रमा व्यस्त छ ।
लुकेर रहेका प्रतिभालाई उजार गर्दै अवसर दिने उद्देश्यले कभर गीत प्रतियोगिता गर्न लागेको चलचित्रका निर्माता सन्तोष सेनले बताए । प्रतियोगितामा सहभागी हुन चलचित्रको शीर्ष गीत ‘कहानी यो प्रेम गीतको’ कभर गीत भिडियोसहित हाइलाइड्स नेपालको युट्युब च्यानलमा अपलोड गर्नु पर्ने हुन्छ । प्रतियोगिताको बिजेताले १÷१ लाख रुपैयाँ नगद र आसुसेनको ब्यानरमा निमार्ण हुने अर्को चलचित्रमा गाउने मौका पाउनेछन् । निमार्ण युनिटलाई प्राप्त गीतको भिडियो असार ३० गते युट्युबको आधिकारिक युट्युब पेजमा अपलोड हुनेछ । असार ३० गते अपलोड गरेर भदौ १ गते एक भव्य कार्यक्रमबीच फाइनल हुनेछ ।
युट्युबको भ्युअर्सका आधारमा १० जना र जर्जले ५ जना छनोट गर्ने निर्माता सेनले बताए । २ करोड बढी लगानीमा निर्माण भएको चलचित्र साउन १३ गतेदेखि नेपालभर प्रदर्शनमा आउने निर्माता सेनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर