दोस्रो चरणको निर्वाचन गराउन गम्भिर भएर लाग्न खनालको आग्रह
पूर्वाञ्चल खबर
६ जेष्ठ २०७४, शनिबार १७:१०
3
Shares
फाइल तस्वीर
विनु तिम्सिना
विराटनगर, ६ जेठ / नेकपा एमालेका वरिष्ठ नेता एंव पुर्वप्रधानमन्त्री झलनाथ खनालले पहिलो चरणको स्थानिय तहको निर्वाचन सहज रुपले सम्पन्न भइ सकेकाले अव निर्धारित मितिमा दोश्रो चरणको निर्वाचन गराउन सरकार गंभिर भएर लाग्नु पर्ने बताए ।
नेकपा एमाले मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले आगामी माघ – ७ गते भित्रै तिनै तहको निर्वाचन सम्पन्न गर्नु पर्ने संवैधानिक वाध्यता रहेकाले दोश्रो चरणको स्थानिय तहको निर्वाचन प्रक्रिया अविलम्व शुरु गर्न सरकारसंग आग्रह गरे ।
उनले संविधान संशोधन गर्ने अधिकार अहिलेको व्यवस्थापिकालाई नभएको भन्दै तिनै तहको निर्वाचन सम्पन्न गरेपछी संविधान संशोधन गर्न सकिने बताए ।
नेता खनालले मधेशका जनताले पनी निर्वाचन चाहेकाले मधेशमापनी स्थानियतहको तहको निर्वाचन सहज रुपले हुने दावी गरे ।
उनले निर्वाचनमा सहभागी हुन जनता आतुर रहेकाले अव कुनै पनी वहानामा निर्वाचनको मिति सार्न नहुने वताए ।
उनले संविधान संशोधन गर्ने वहानमा निर्वाचनको मिति सार्ने कुरा आफनो पार्टीलाई कुनैपनी हालतमा मान्य नहुने वताए । नेता खनालले जेठ– ३१ गते मुसलिम समुदायको पर्व रमजान परेकाले केही दिन अगावै निर्वाचन गर्न सकिने वताए ।