विराटनग, ३ जेठ / गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले पूर्वाञ्चलमै पहिलो पटक विराटनगरमा ए–लेभल कक्षा सञ्चालन हुने भएको छ ।
विराटनगरमा रहेको कृतिका एजुकेशन एण्ड हेल्थ पाउण्डेसन (यूरो कलेज) मा नयाँ शैक्षिक सत्रदेखि ए–लेभल कक्षा सञ्चालन हुने भएको हो ।
कलेजले आज विराटनगरमा पत्रकार सम्मेलन गरि आउँदो जुनको पहिलो सातादेखि ए–लेभलमा दक्ष शिक्षकहरुबाट कक्षा सञ्चालन हुने भएको छ । एस.ई.ई. परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याउन लागेको युरो कलेजमा ए–लेभलको ६० जनाको मात्र कोटा रहेको ए– लेभल इन्चार्ज रमेश निरौलाले जानकारी दिए । बेलायतको कयाम्ब्रिज विश्वविद्यालय अन्तर्गत क्याम्ब्रिज इन्टरनेश्नल एक्जामिनेशन शैक्षिक कार्यक्रम अन्तर्गत ए–लेभल कक्षा सञ्चालन गर्न लागेको निरौलाले बताए ।
उनले भने, ‘ए–लेभल उत्तीर्ण गर्ने विद्यार्थीले विश्वको जुनसुकै विश्वविद्यालयमा स्नातक अध्ययन गर्न पाउँछ्न ।’ ए–लेभल प्लस टु सरहको पाठ्यक्रम हो, उनले भने, ‘यस कोर्ष गर्ने विद्यार्थीको भविष्य उज्जवल छ । ’
२ वर्षको हुने ए–लेभल अध्ययन गर्न युरो कलेजमा तीन देखि पाँच लाख रुपैयाँ लाग्नेछ । कलेजले इन्टार्स पास गर्ने विद्यार्थीहरुको लागि विशेष छात्रवृतीको व्यवस्था गरेको छ भने आर्थिक अवस्था विपन्न रहेको परिवारका विद्यार्थीलाई समेत छात्रवृती प्रदान गर्ने कलेजले जनाएको छ ।राम्रो कलेजमा भर्ना तथा छात्रवृति पाउन सजिलो र सम्भव हुने गर्दछ