विराटनगर, २ जेठ / विराटनगर–१०(साविक १३) मा रहेको कोशी विद्या मन्दिरले मंगलबारदेखि योग कक्षा प्रारंभ गरेको छ ।
स्कूलले पतन्जली योग समिति मोङगको सहयोगमा योग कक्षाको शुरु गरेको स्कूलका निर्देशक राजेशकुमार दासले बताए । पतन्जली योग समिति मोङगकी सारा थापाले नियमितरुपमा योग कक्षा सञ्चालन गर्नेछिन् दासले भने दैनिक बिहान ६ देखि ७ बजे सम्म सञ्चालन हुनेछ् ।