animated ellipse animated ellipse

चौकीदार गुरूङले यातना दिएको भन्दै मोरङ कारागार भित्र झडप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७८, मंगलवार १४:३७
1.49k
Shares
विराटनगर / चौकीदार किरण गुरूङले कैदीबन्दीमाथि यातना दिएको भन्दै विराटनगरमा रहेको मोरङ कारागार भित्र झडप भएको छ ।

चौकीदार गुरूङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यताना दिएको भन्दै यहाँका कैदीबन्दीहरू आज विहान कैदीबन्दीहरूबीच दोहोरो झडप भएको हो ।

झडपमा चौकिदार किरण गुरुङ र नाइकेहरु शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता रहेको बताइएको छ ।

ज्यान मार्ने उद्योगका कैदी कार्तिक कामतको समूहले चौकीदार गुरुङ प्रशासन विरुद्ध विद्रोह गरेपछि झडप भएको थियो । झडपमा घाइते हुने कैदीबन्दीहरूलाई सामान्य चोटपटक लागेकोले उपचारको लागि कोशी अस्पताल लगिएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए ।

चौकीदार गुरूङ, नाइके र भाइ नाइकेहरूको अत्याचार सहन नसकेपछि पदमकुमार लिम्बु, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, किरण गुरुङ, शखेर राई, विशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई यहाँका अन्य कैदीबन्दीहरुले एउटा कोठामा थुनिदिएका थिए । थुनिएका कैदीहरुलाई प्रहरीले काराागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ । उनीहरुलाई कारागारबाट बाहिर निकालेपछि आन्दोलित कैदीबन्दीहरु शान्त भएका छन् ।

‘कारागार भित्र होहल्ला भएपछि हामीले चौकीदारसहित १४ जनालाई बाहिर निकालेर राखिएको छ,’ जेलर पोखरेलले भने, ‘१४ जनालाई बाहिर निकालेपछि कारागारभित्रको माहोल शान्त भएको छ । १४ जनाको हकमा भित्र बस्ने बातवरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी गरिएको छ ।’ १४ जनालाई कुन कारागारमा पठाउने निर्णाय भने भइनसकेको उनले बताए ।

यसअघि अपहरण तथा शरीर बन्धक मुद्दामा जेल परेका अभिषेक गिरीलाई मोरङ सरूवा गरिएपछि कैदीबन्दी दिनभरी आन्दोलनमा उत्रिएका थिए । गिरीलाई डिल्लीबजार कारागारबाट मोरङमा गत मंगलबार बिहान साढे पाँच बजे ल्याइएपछि यहाँका कैदीहरूले दिनभरी आन्दोलनमा उत्रिएका थिए । त्यसबेला चौकीदार गुरूङको नेतृत्वमा यहाँका कैदीबन्दी आन्दोलित बनेका थिए । दिनभरी कैदीबन्दी आन्दोलित भएपछि गिरीलाई सप्तरी कारागारा पठाएको छ । अहिले कार्तिक कामतलाई गिरीले चलाएको दावी समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर