रबिन्द्र बराल
रंगेली, बैशाख २६ / विराट पोल्ट्री फर्म दुर्घन्दित भइ फैलिएको झिङ्गा आतङ्गविरुद्ध मोरङ सोराभागका स्थानियबासी २४ घण्टे रिले अन्सन सुरु गरेका छन् ।
सोराभागमा रहेको फर्म अगाडि स्थानियबासीले मंगलबारदेखि रिले अन्सन सुरु गरेका हुन ।विराट पोल्ट्री फर्मका कारण झिङ्गा आतङ्गले गर्दा गाउँमा हैजा फैलिन थालेपछी त्यसको विरोध गदै २४ घन्टे रिले अन्सन सुरु गरेको सङ्घर्स समितिका सचिव ईन्दिरा उप्रेतीले बताईन । उनका अनुसार हाम्रो माग पूरा नभए सम्म रिले अन्सन तथा घर्ना कार्यक्रम्मा जारी राख्ने जानकारी दिइन् ।
उनीहरुले मानव अधिकार हनन गर्न पाईदैन, झिँगा उद्योग बन्द गर, संवैधानिक अधिकार हनन गर्ने पाईदैन, स्वास्थमा खेल वाड गर्न पाईदैन, हाम्रा मौलिक हकको सुनिश्चित गर, प्रहरी दबन बन्द गर भन्दै नारा लगाउँदै फर्मको मुख्य गेटमा रिले अन्सन सुरु गरेका थिए ।
विराट पोल्ट्री फर्मका कारण बिगत चार बर्षदेखि गाउँमा प्रदुषण फैलिएपछि स्थानीयले चैत्र ३१ गतेदेखि आन्दोलन सुरु गरेका हुन् । सो फर्मबाट निस्किएको दुर्घन्दितको कारण गाउँमा अत्याधिक रुपमा झिङ्ग फैलिएको छ । झिङ्ग नियन्त्रणको लागि स्थानियबासीले विभिन्न चरणको आन्दोलनदेखि सुनवाई गर्ने निकायसम्म डेलिकेन जाँदा पनि पोल्ट्री फर्मले झिङ्ग नियन्त्रणको लागि कुनै चासो नदिएको स्थानियको आरोप छ ।