AArya
RUMPUM
animated ellipse animated ellipse

सोनम र दिपेन गुरुङ हत्या आरोपीलाई जन्मकैद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ बैशाख २०७४, सोमबार १९:२१
3
Shares
विराटनगर,२५ बैशाख/ लेटाङका भोगटेनी –९ भालुगौडेका सोनम गुरुङ र दिपेन गुरुङको हत्यामा संलग्नलाई जिल्ला अदालत मोरङले जन्मकैद फैसला गरेको छ ।
गत कातिक १५ गते राती झडपका क्रममा गुरुङको हत्यामा संलग्नहरु मध्ये लेटाङ भोगटेनी नपा वडा–५ का ध्वाँसे भन्ने लिलबहादुर मल्ल ठकुरीलाई सर्वस्व सहित जन्म कैदको फैसला सुनाएको छ । त्यस्तै लेटाङ भोगटेनी नपा वडा– ४ धोवीटोलका डुक्पा भन्ने कपिल चेम्जोङ , सोही ठाउँ बस्ने चलाखे भन्ने सबिन राईलाई जन्म कैद र सोही स्थानका विरे भन्ने आदित्य मगरलाई ६ महिना कैदको फैसला सुनाएको हो ।
गत कात्तिकमा लेटाङ भोगटेनी नगरपालिका वडा नं ५ तुर्केका प्रेमबहादुर मगरको घरमा मगर जातीको सांस्कृतिक हुर्रा नाच भईरहेको अवस्थामा नाच हेर्न गएका साविकको केराबारी गाविस वडा नं. ९ भालुगौडेका सोनम गुरूङ र सोही स्थानका दिपेन गुरूङलगायतका ब्यक्तिहरू र लेटाङ भोगटेनी नगरपालिकाका स्थानिय १०÷१५ जना युवाहरूको समूह बीच बादविवाद हुँदा झगडा भएको थियो ।
झगडाका क्रममा केराबारी ९ का सोनम गुरूङ र दिपेन गुरूङलाई धारिलो हतियार चुप्पी, कर्द, हरियो डोलो बास, दाउरा प्रहारबाट गम्भिर घाइते भएका उनीहरुले उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो ।
प्रहरीले तत्कालै घटनामा संलग्नलाई पक्राउ गरी अदालतमा बुझाएको थियो । अदालतले उनीहरुलाई जन्मकैदको फैसला सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर