AArya
RUMPUM
animated ellipse animated ellipse

जेवियर इन्टरनेशनल स्कुलमा चुनावको चहलपहल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ बैशाख २०७४, आईतवार १७:५९
3
Shares
काठमाण्डौं , २४ बैशाख / देश भरि चुनावि माहोलको समयमा काठमाण्डौंको एक ए लेभल स्कुलमा समेत चुनाव लागेको छ । वैशाख ३१ गते हुने चुनावलाई लक्षित गरि स्कुले विधार्थीहरुलाई समेत स्थानिय चुनावको बिषयमा अनुभुति होस भनेर काठमाण्डौंको बोध तुसाल स्थीत जेवियर इन्टरनेश्नल स्कुलमा भोली चुनाव हुने भएको छ ।
यता स्कुलका विद्यार्थीहरु तिन पार्टिमा बिभाजन भइ आफनो उमेदवारीको नाम दर्ता गराएका छन् । सोस्योलीस्ट , डेमोक्राटिक र रिपबलिकन नाम रहेको उक्त सबै पार्टिबाट एक मेयर , एक उपमेयर , चार वडा सदस्य (एक महिला अनिवार्यं) गरि उमेदवारले उमेदवारीको नाम दर्ता गराएको सो चुनावी कार्यक्रमका संयोजक विकाश श्रेष्ठले बताए । सोस्योलीस्टको चुनाव चिन्ह बन्द कोठा भित्र हरिन , रिपबलिकनको चुनाव चिन्ह जेबरा र डेमोक्राटिकको पोलार बियर रहेको छ ।
मतदान स्थल , पत पेटिका , मत पत्र छापिने सबै काम पुरा भएको श्रेष्ठले जानकारी गराए । सोमबार बिहान ९ बजे देखि चुनाव सुरु हुने र कुल १ सय ७० जनाले भोट हाल्ने उनले जानकारी गराए ।
नमुना चुनावको सुरक्षाका लागि सो स्कुलमा तिन दर्जन भन्दा बढि स्काउट विद्याथी परिचालन गराइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर