AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राईजिङ्ग नेपालको क्याप्टेन छनौट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७४, शनिबार १६:२६
3
Shares
विराटनगर २३ बैशाख / दुई बर्ष अगाडी नयाँ व्यावस्थापनमा सञ्चालनमा आएको विराटनगर २१ मा रहेको द राईजिङ्ग नेपाल सेकेन्डरी स्कूलले निर्वाचन पद्धतीबाट स्कूल क्याप्टेन छनौट गरेको छ ।
मुलुक अहिले निर्वाचनमा होमिरहेको अवस्थामा स्कूलले भने प्रत्यक्ष निर्वाचनबाट विद्यार्थीहरुले आफ्ना क्याप्टेन छानेका छन् । स्कूल परिसरमा भएको ‘सेलेक्सन वाई ईलेक्सन ’ नाम दिएर क्याप्टेन तथा मनिटर छनौट गरिएको हो ।
कक्षा ३ देखि कक्षा १० सम्मका क्याप्टेन तथा भुवाइस क्याप्टेन छनौट गरिएको स्कूलका प्रिन्सिपल असलम आलवले जानकारी दिए । यसरी क्याप्टेन छनौटमा कक्षा १० मा गौरव चौधरी, ९ मा एम.डी अखबर, ८ मा रोहित खाव ,७ मा प्रभेष पण्डित , ६ मा सहमत आलम, ५ मा देवा साह, ४ ए मा निक्की ठाकुर, ४ बी मा जेविका कार्की , ३ ए मा सम्शेर आलम र ३ बी. मा नविन साह चुनिएका छन् ।
त्यसैगरी स्कूल हेड क्याप्टेनमा अजिम प्रविन छात्र निर्विरोध चयन भए । निर्वाचित क्याप्टेन तथा भुवाईस क्याप्टेनहरुलाई स्कूलका प्रबन्धक सञ्चालक संन्जीव साह, प्रिन्सिपल आलमलगायतले व्याज तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर