RUMPUM
animated ellipse animated ellipse

२४ घन्टे रिले अन्शन गर्ने चेतावनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ बैशाख २०७४, शुक्रबार २०:१५
3
Shares
फाइल तस्वीर
रबिन्द्र बराल
रंगेली, २२ बैशाख / बैशाख २० गतेको बार्ता विना निस्कर्षमा सकीएपछि आन्दोलनमा रहेका पिडितले एक सुत्रिय माग राख्दै उधोग हटाउनु पर्ने भन्दै ८ घन्टाको धर्ना यथावतनै राखेका छन ।
यता उधोग सञ्चालकले ३ महिना भित्र सुधार गर्ने वचन दिएका छन । बिगत ४ बर्षदेखि सुधार्ने समय दिदा समेत उधोगले बेवास्ता गरेको र अझ १ बर्षदेखि लगातार आन्दोलन हुँदासमेत सुधार नभए पछि अझै फम बडाउने काम मात्रै भएको ७ महिना अघि मन्त्रालयबाट आएको टोलिले दिएको निर्देशन समेत पालन नगरेको भन्दै आन्दोलीत स्थानीयले २४ घन्टे रिले अन्शन र घर्ना दिने चेतावनी दिएका छन् ।
मोरङको सोराभाग ९ स्थित रहेको विराट पोल्ट्री फर्मको प्रदुषणका कारण चैत्र ३१ गतेदेखि सुरुभएको आन्दोलन भने अहिले पानी जारी रहेको छ । झिङ आतङ्गले गाँउमा हैजा फैलिन थालेपछी त्यसको विरोध गदै उद्योगको मुख्य गेटमा धर्ना २१ दिन देखि दैनिकी ८ घन्टा सम्म यथावत नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर