खबर पूर्वाञ्चल
फागनु २० गते भनिएको प्रदेश सभाको बैठक विशेष कारणले चैत २ गते बस्ने प्रदेश सभा सचिवालयले आज जारी गरेको सूचना प्रति आज पत्रकारहरुसँगको भेटघाटमा आक्रोश व्यक्त्त गर्दै उनले कार्यपालिका, न्यायापालिका जस्तै व्यवस्थापिकाले पनि आफ्नो हैसियत देखाएको कारण सरकारको विरुद्धमा आएको अविश्वासको प्रस्ताव प्रदेश सभाको हिउँदे तथा सातौँ अधिवेशनको तेस्रो बैठकमा पेश भएको जिकिर गरे ।
सरकारले या त राजीनामा दिनु पर्यो, या त संसदमा अविश्वासको प्रस्तावलाई सामना गर्नु पर्यो, यी विकल्पमा छलेर भाग्नु भनेको व्यवस्थाप्रति जनताको वितृष्णा बढ्ने प्रमुख सचेत कार्कीले चर्चा गरे । १२ दिनसम्म संसद बैठक स्थगन हुनु लज्जास्पद हो भन्दै प्रदेश सभाको बैठक छल्नु सरकारको लचारीपन रहेका प्रमुख सचेत कार्कीले बताए ।
सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि सरकारले दैनिक रुपमा गर्ने कामहरुले गर्दा भ्रष्टाचार मौलाउने जनताले प्रश्न गर्न थालेको भन्दै प्रमुख सचेतक कार्कीले नेपाली काङ्ग्रेस टुटेफुटेका पार्टीसँग होइन सिङ्गो पार्टीसँग लड्न तयार रहेको दृढता व्यक्त गरे ।
उनले अङ्क पुगेमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता पनि परिवर्तन हुन सक्ने भएकोले यसमा कसैले पनि अन्यथा लिन नहुने तर्क समेत गरे ।
तपाईको प्रतिक्रिया