AArya
RUMPUM
animated ellipse animated ellipse

निधन भएका जुडो प्रशिक्षक चौधरीको परीवारलाई आर्थीक सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ बैशाख २०७४, बिहीबार १६:२१
3
Shares
सप्तरी, २१ बैशाख / निधन भएका सप्तरी जिल्ला खेलुकद विकास समितिमा कार्यरत सहायक जुडो प्रशिक्षक चन्द्रनारायण चौधरीको परीवारलाई राष्ट्रिय खेलुकद परिषद अन्र्तगतका कार्यरत कर्मचारी आर्थीक सहयोग गरेका छन् ।
चौधरीकी श्रीमति रितादेवी चौधरीलाई –स्वरुप रु २ लाख ७८ हजार ९ सय ७ रुपैयाँ ८४ पैसाको चेक आज एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका अध्यक्ष रंजन थापा, सप्तरी जिल्ला खेलकुद विकास समिति अध्यक्ष एजेट न्यासुर (लामा) र राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका केन्द्रीय सदस्य दिनेश भुजेलवाट संयूक्तरुपमा हस्तान्तरण गरेका थिए ।
जिल्ला खेलकुद कर्मचारी संघ सप्तरी अध्यक्ष विजयमान थापा, सप्तरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एजेट न्यासुर(लामा),सप्तरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख महेन्द्र प्रसाद यादव, निजामति कर्मचारी यूनियन(संघ)का केन्द्रीय सदस्य राजेश मिश्र, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन –जिल्ला अध्यक्ष छोटेलाल यादव, सप्तरी जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र वर्मालगायतले चौधरीका योगदानबारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर