विराटनगर, २० वैशाख/ मोरङ व्यापार संघको नयाँ नेतृत्वको लागि आज ३० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनया दर्ता भएसँगै नयाँ नेतृत्वकालागि पूर्व अध्यक्षहरुले गरेको सहमतीको प्रयास तोडिएको हो ।
बुधवारै उम्मेदवारी दर्ताका क्रममा भद्र सहमती तोडिएको हो । पूर्व अध्यक्षहरुको बैठकले अध्यक्ष सहित सम्पूर्ण सदस्यहरुमा सर्वसम्मतको पहल गरेको थियो । वर्तमान बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतलाई अध्यक्ष बनाउने भद्र सहमती भए पनी वर्तमान अध्यक्ष पवन सारडाले वैशाख २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएपछि तोडिएको हो ।
१८ सदस्यको लागि अध्यक्ष पवन सारडा सहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत र महासचिब प्रकाश मुन्दडालगायत ३० जनाले उम्मेदवारी दिएका हुन् ।
नेपाल कै जेठो व्यापारिक सस्थामा ३१ औ कार्य समितिको नेतृत्व राजेन्द्र राउतलाई दिने प्रयास विफल भएपछि वैशाख २४ गते नयाँ नेतृत्वकालागि मतदान हुने छ । मतदानबाट चुनिएका सदस्यहरुले अध्यक्ष,उपाध्यक्ष सहितको कार्य समिति चयन गर्ने छ ।
सतही रुपमा बर्तमान महासचिव प्रकाश मुन्दडा र राजेन्द्र राउतले अध्यक्षमा आकांक्षा देखाएका छन् । तर बर्तमान अध्यक्ष पवन सारडापनि अध्यक्षमा दोहोर्याउने तयारीमा छन् । राउत र मुन्दडाको छुट्टा छुट्टै समुह नै बनाएका छन् । राउतलाई अधिकासं पूर्व अध्यक्षतहरुको साथ छ भने मुन्दडालाई केही पूर्व अध्यक्ष सहित एमाले निकट युवा संघको सहयोग रहेको स्रोतको दावि छ ।
पूर्व अध्यक्षहरुले समहतीको प्रयास गरेपनि पहाडी मुलका राउतलाई नेतृत्व दिन नहुने भन्दै व्यापारीको एउटा समुह लागि परेको छ ।
राउत र मुन्दडा विच अध्यक्ष बन्नमा विवाद देखिएपछि बर्तमान अध्यक्ष सारडा पून अध्यक्षमा उठ्ने तयारीमा छन् ।
यसअघि राउतलाई अध्यक्ष र मुन्दडालाई बरिष्ठ उपाध्यक्ष बनाउने सहमति संघका पूर्व अध्यक्षहरुलाई साक्षी राखेर भएपनि वर्तमान अध्यक्ष सारडाकै कारण त्यो भङ्ग हुन पुगेको हो ।
दुई जनाबीच सहमति नबनेको भन्दै सारडाले पुनः अध्यक्ष दोहोर्याउने इच्छा सहित उम्मेदवारी दिएका छन् । यद्यपी उनकै कारण सहमति भाँडिएको आरोप लागेको छ ।
सारडाले आफ्नो पक्षमा सहमति नभए मुन्दडालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने संभावना रहेको बताइएको छ ।
यता राजेन्द्र राउत भने पूर्व सहमती तोडिएको गुनासो गर्छन । अध्यक्ष सारडाले उम्मेदवारी दिएर पूर्व सहमती तोडेको उनको गुनासो छ । उनी निर्वाचन भएपनि आफु लड्न तयार रहेको बताउछन् ।
बुधवार भएको मनोनयन दर्ताका क्रममा वाणिज्यतर्फ १७, उद्योग तर्फ १९ र बस्तुगततर्फ चार जनाको आवेदन परे छ ।
मोरङ व्यापार संघको विधान अनुसार वाणिज्य र उद्योगबाट आठ–आठ जना कार्यकारी सदस्यमा निर्वाचित हुने व्यवस्था छ । त्यस्तै आठ शाखाहरुबाट एक सदस्य गरी १९ जना कार्यकारी सदस्यहरुबाट अध्यक्ष, वरिष्ट उपाध्यक्ष, उद्योग र वाणिज्यबाट एक एक उपाध्यक्ष र एक सचिवको निर्वाचन हुने गर्दछ ।
कार्यसमिति सदस्यमा उम्मेदवारी दिनेहरुमा उद्योगतर्फबाट रविन दाहाल, विजेन्द्र पारासर, रमेश राठी, अनिल सारडा, सुनिल टिवडेवाल, देवाशिष गोल्छा, राजेन्द्र राउत, श्रवणकुमार अग्रवाल, अनुप राठी, दिपेश सुवेदी, देवकीनन्दन अग्रवाल, सुभाष आचार्य, अमित सारडा, सुशील कुमार जोशी, ललित बोहरा, पवन सारडा, नवीन रिजाल, मनिष मारु र पवन राठी छन् ।
त्यस्तै वाणिज्यबाट विजेन्द्र पारासर, अनिल साह, सुशील जोशी, मुकेश राठी, प्रकाश मुन्दडा, नवीन रिजाल, विकास बेगवानी, सुभाष आचार्य, किशन लोहिया, रविन दाहाल, मनिषकुमार मारु, गोपाल अग्रवाल, देवकीनन्दन अग्रवाल, पियुष तोदी, श्रवणकुमार अग्रवाल, सन्तोष चौधरी र संजय श्रेष्ठ छन् । त्यस्तै बस्तुगतबाट राजन श्रेष्ठ, सुनिल विडला, गोपाल अग्रवाल र सञ्जय श्रेष्ठ छन् ।