विराटनगर, २० बैशाख / विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा आज नेपाल पत्रकार महासघ मोरङले पत्रकारलाई लक्षित गर्दे विराटनगरमा आज आँखा तथा कानको निशुल्क शिविरको आयोजना गरेको छ ।
विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आज पत्रकार महासंघ मोरङ शाखामा निशुल्क आँखा तथा कान शिविर आयोजना गरिएको हो । शिविरमा विराटनगरका क्रियाशिल पत्रकारहरुले आँखा र कानको निःशुल्क परीक्षण गरेका थिए । जनताहरुलाई सुसुचित गर्ने सञ्चारकर्मीलाई आँखा र कानको समस्या अधिक रहेको विराटनगर उपचारमा संलग्न दिपेन्द्र चौधरीले जानकारी दिए ।
शिविरमा संलग्न चौधरीले सवैभन्दा वढि सचारकर्मीमा नजिकको वस्तु कम देखिने समस्या भेटिएको र यसैगरी कानको जालीमा समस्याका कारण कान कम सुन्ने समस्या वढि पाइएको जानकारी दिए । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको एक दिने शिविरमा विभिन्न सञ्चारमा आबद्ध कार्यरत ७० जना भन्दा वढि पत्रकारहरुले सेवा लिएका थिए । आम सञ्चारकर्मिहरुको सहजरुपले स्वास्थ्य सेवा पुगोस भन्ने उद्धेश्य महासघले शिविर आयोजना गरेको नेपाल पत्रकार महासघका अध्यक्ष बन्धु पोखरेलले जानकारी दिए ।