खबर पूर्वाञ्चल
१६ बैशाख २०७४, शनिबार १९:३७
गोपाल काफ्ले
पथरी, १६ बैशाख / मोरङको पथरीका युवा ब्यवसायी तथा कलाकार कमलप्रसाद दाहाल(काका)ले ओम मंगल मुर्ती रिकण्डिसन तथा हेल्मेट हाउस र रिकण्डिसन कारको सो रुम सञ्चालनमा ल्याएका छन् ।
पथरीशनिश्चरे १ को मन्दिरलाइनमा आज एक समारोहका बीच पथरी उद्योग बाणिज्य संघका अध्यक्ष, तथा समाज सेवी धनकुमार तामाङले उद्घाटन गरे ।
धनी र पैसाबालाले नयाँ गाडी चढ्छन । थोरै पैसा भएर पनि मोटरसाइकल र कार चढ्ने शौख भएकाहरूले हाम्रो सो रुमबाट सेवा पाउँछन ,सञ्चालक दाहालले भने । उनले थपे–ब्यापारको सुरुवात नै पुराना गाडीबाट सुरु गरेको हुँ । वितगमा ब्यावसायिक रुपमा गरेको थिइन , अहिले ब्यापसायिक रुपमा ब्यापार थालेको हुँ ।
दाहालले आफ्नो ओम मंगल मुर्ती नामको रिकण्डिसन सो रुममा ११ लाख रुपैयाँ लगानी गरेका छन् । दुई जनालाई रोजगार दिने योजनाका साथ ब्यावसाय सुरु गरेका दाहालको सो रुममा पुरानो कार मोटरसाइकलका अतिरिक्त मोटरसाइकलका पाट्र्स ,हेलमेट समेत विक्रीमा राखिएको छ ।
पुर्वको चरचित हास्य ब्याङग सिरियल दोबाटेका कलाकार समेत रहेका दाहालले सेवाको रुपमा यो सेवा सञ्चालनमा ल्याएका हुन । सो रुमको उद्धघाटन गर्दै अध्यक्ष तामाङले पथरीका जनताले उक्त सो रुम बाट धेरै राम्रो लाभ पाउने बताए । ब्यापारीहरुको हक हितको लागी आफु र ब्यापार संघ सधै साथमा हुने समेत ब्याक्त गरे ।
तामाङ पथरीका लोकप्रिय तथा एमालेको जिल्ला सदस्य परित्याग गरी स्वतन्त्रबाट वाडै अध्यक्षका आकाक्षी समेत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?