विराटनगर, १६ बैशाख / जिल्ला मतदाता अधिकार मञ्चले मतदाता शिक्षा प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको छ ।
आज विराटनगरमा मञ्चमा आबद्ध भएका सस्थाका प्रतिनिधीहरुका लागि तालिम आयोजना गरेको हो । स्थानिय तहको निर्वाचनमा मत बदर कम होस भन्नका गाउँमा मतदाता शिक्षा प्रदान गर्नका लागि तालिम सञ्चालन गरिएको मञ्चकी मोरग सह–संयोजक इन्दिरा भट्टराईले बताइन् ।
तालिमका सिकेका कुराहरु आफ्ना सस्थाका साथिहरुलाई सिकाउने र गाउँमा गएर मतदाता शिक्षा प्रदान गर्नका लागि मञ्चले केन्द्रीय कार्यक्रम अनुसार तालिमको आयोजना गरेको हो ।
तालिममा क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेलले मतदान कसरी गर्ने, बदर हुन नदिन के गर्ने, आचारसहितालगायतका विषयमा सहजीकरण गरे । त्यसैगरी अधिकारकर्मी सन्जु साहले पालना गर्नु पर्ने आचारसहिताका वारेमा जानकारी दिइन् । तालिममा १५ सदस्य सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको छ ।