खबर पूर्वाञ्चल
१६ बैशाख २०७४, शनिबार ०९:३८
विराटनगर, १६ बैशाख/ एउटा समूहको तीन साता लामो बन्धकबाट विराटनगरको मेनरोडका व्यवसायी प्रदिप दुगड भागेर मुक्त भएको दावि गरेका छन् ।अदालतको तारिख बुझन काठमाण्डौ जाँदा गत चैत २६ गते अपहरणमा परेको उनको दावि छ ।
फिरौती वापत तीन लाख बुझाइसकेपछि दुगड २१ दिनपछि शुक्रवार विराटनगरबाट अपहरणकारीको हातबाट फुत्किएको बताए । छोरा सुभम भने अझै सो समूहको नियन्त्रणमा रहेको उनले बताए ।
‘काठमाण्डौं जाँदा विराटनगरबाटै सो समूहका केहि मान्छे पछि लागेका रहेछन , शुक्रवार जिल्ला प्रहरी कार्यालय मोरङमा भेटिएका प्रदीपले भने ‘ शुक्रवार बहाना बनाएर भागे ।’ उनले आफुलाई सुमन प्रसाई, सञ्जय दत्त, पवन मेहता, सुकविर तामाङ, गणेश शर्मा, ओम वाग्ले, ऋषि यादव, तेजजंग बस्नेतलगायतले बन्धक बनाएको गुनासो गरे । ती मध्ये गणेश शर्मा विराटनगरकै भएको उनले बताए ।
उनले आफु अपहरणबाट मुक्त भएपनि आफनो छोरा उनीहरुकै बन्धक भएको गुनासो गरे ।’ ५० लाख फिरौती र घर पास गर्न भनेका छन् । उनले भने ‘ घर पास गर्न दुई जना मान्छेसँगै आएका छन् । उनीहरुबाट बरगाछी चोकबाट फुत्किएर यहाँ (प्रहरी कार्यालय) आए ।’
दुगडले प्रहरीलाई उजुरी दिएपछि प्रहरीले तत्कालै २ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएकाहरुको नाम प्रहरीले बताएको छैन् । स्रोतका अनुसार प्रहरीले ऋषी यादव र तेजजंग बस्नेतलाई सोधपूछकालागि नियन्त्रणमा लिएको छ ।
अपहरणकारीले बिहिवार ५० लाखको कागज गरेर २५ लाख बुझाए मात्र घर जान दिने बताएको उनले सुनाए । ‘५० लाखको कागज गराएर २५ लाख मागे । उनले भने ‘ दिन सक्दिन भन्दा घर जग्गा बेच भन्दै दबाब दिईरहे ।’
फिरौती रकम नबुझाए सम्म छोरालाई काठमाण्डौ बोलाएर आफुलाई जग्गा बेच्न विराटनगर जा भनेपछि बन्धक बनाउने मध्येका यादव र बस्नेतसँग विराटनगर आएको उनले बताए । ‘ मर्नु भन्दा फिरौती बुझाउँन बेस भन्ने सोचेर छोरोलाई काठमाण्डौ बोलाए,उनले भने ‘बिहिवार दिउँसो पुगेको छोरोलाई त फोन चलाउने भन्दै हप्काए ।’
बुबा छुटाउन दुई लाख रुपैया लिएर पुगेको छोरालाई अप शब्द प्रयोग गर्दै गालि गरेको उनले सुनाए । दुई लाखमा रुपैयामा घर जान नदिने बताए पछि घरबाट पून एक लाख रुपैया मगाएर बुझाएको उनले बताए । उनको पछिल्लो पटक बुझाएको १ लाख रकम विराटनगरबाट आईएमई गरेका थिए । उनले आफुलाई काठमाण्डौ नारायण गोपाल चौक नजिकै रहेको चप्पल उद्योगको छेउमा २१ दिन राखेको गुनासो गरे ।
फिरौती बापत ५० लाख नदिए घर नामसारी गर्न भनेका थिए । ‘आइतवार घर नामसारी गर्न भन्दै काठमाण्डौबाट दुई जना मान्छे पछि लागाएर पठाए । टिकट पनि मैले नै काटे ।’ उनले भने ‘ आज विराटनगर एयरपोर्ट ओर्लदा यहाँ पनि मान्छेले घेरी रहेका थिए ।
बरगाछी चोकमा आएपछि लुगा फेरेर आउछु भन्दै प्रहरी कार्यालय पुगे ।’
घटनाका बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी उपरिक्षक सन्दिप भण्डारी घटना निकै संवेदनशिल रहेको बताउँछन । ‘हामी सोधपुछ गरिरहेका छौ । उनले भने ‘ धेरै अहिले केही भन्न सक्ने अवस्था छैन ।’
घटना काठमाण्डौको भएकाले काठमाण्डौं प्रहरीसँग पनि सहकार्य गरेर अनुसन्धान अघि बढाइएको उनले बताए । ‘उ (प्रदिप) आएको हो । बुझने काम भैरहेको छ । उनले थपे ‘अपहरण हो होइन बुझने काम गरिरहेका छौ ।’
विहेको कार्ड बाडदै जाँदा बन्धक
प्रदिप दुगड र विनोद नेपाल विराटनगरका छिमेकी हुन् । उनीहरुको राम्रो सम्बन्ध छ । काठमाण्डौमा छोराको बिहेको तयारीमा जुटिरहेका विनोदलाई पनि प्रदिप दुगडलाई अपहरण गरेको समुहले अपहरण गर्दा पाचलाख फिरौती तीर्नु पर्यो। फिरौती बुझाउँदा पनि नछाडेपछि उनी पनि प्रदिपसँगै विराटनगर आएका छन् ।
‘विहेको कार्ड बाड्दै गर्दा उहाँले (प्रदिप) फोन गरेर भेट्न बोलाउनु भयो’‘ उनले भने ‘ उहाँलाई भेटन जाँदा मलाई पनि बन्धक बनाए ।’ उनको छोराको बिहे बैशाख २४ गतेलाई तोकिएको छ । साभार उदघोष दैनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?